News Category 2075/10/24
एक बर्ष भित्रै सप्तरीलाई साक्षर जिल्ला घोषणा गर्ने स्थानिय तहको प्रतिबद्धता
दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
स्थानिय तहका प्रमुखहरूले सप्तरी जिल्लालाई एक बर्ष भित्रै साक्षर जिल्ला घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।
साक्षर नेपाल बर्ष २०७६ सम्बन्धी बिहीबार राजविराजमा आयोजित सरोकारवालाहरूको अभिमुखिकरण कार्यक्रममा सो कुरा प्रतिबद्धता गरिएको हो ।
शिक्षा तथा मानव श्रोत बिकास केन्द्र सानोठिमी, काठमाडौको आयोजनमा तथा शिक्षा बिकास तथा समन्वय ईकाई सप्तरीको समन्वयमा सप्तरीलाई पुर्ण साक्षर बनाउन जिल्लाका १८ वटै स्थानिय तहका प्रमुख तथा अध्यक्षहरूले प्रतिबद्धता जनाए ।
सो अवसरमा शिक्षा तथा मानव श्रोत बिकास केन्द्रका उप महानिर्देशक चुुडामणी पौडेलले स्थानिय निकाय नभएको कारण साक्षर नेपाल घोषणा गर्न कठिनाई भएको बताउँदै अभियान सफल बनाउन तथा साक्षर जिल्ला घोषणा गर्न सम्पुर्ण स्थानिय सरकारले एकजुट भएर अगाडी बढेमा पूर्ण साक्षर बनाउन समस्या नहुने जिकिर गरे ।
यस्तै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यस अघि निरक्षरलाई साक्षर बनाउन अभियान चलाएपनि गाँउगाँउमा अहिले पनि औठा छाप लगाएर समाजिक सुरक्षाका भत्ता बुभ्mने गरेको पाइएको उल्लेख गर्दै जिल्लामा १ लाख ७० हजार निरक्षर भएको तथ्यांक मध्ये १ लाख ६८ हजार साक्षर घोषणा गरिएपनि सो अनुसार नरहेकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा सप्तकोशी नगरपालिका प्रमुख उतम गौतमले २०२८ साल देखि नै प्रौढ शिक्षा अभियान चलाउदै आएपनि साक्षर अभियान सफल नभएको बताउदै अब यस अभियानलाई सही तथ्याङ्क अनुसार अगाडी बढाउन स्थानिय तह प्रतिबद्ध रहेको बताए ।
तिलाठी कोईलाडी गाँउपालिका अध्यक्ष सतिशकुमार सिंह, रूपनी गाँउपालीका अध्यक्ष हरेराम यादब, अग्नीसाईर कृष्णासवरण गाँउपालिका अध्यक्ष परशुनारायण चौधरी, शिक्षा बिभाग निर्देशक गेहेनाथ गौतम, शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख शंकर लुईटेल, बिनि दिपकुमार यादब, शिक्षक महासतास्ंघ सप्तरी अध्यक्ष दिनेश यादब, राजबिराज नगरपालिका उपप्रमुख साधना झा, नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादब, सेभ द चिल्ड्रेनका ओमप्रकाश साह, लगायतका स्थानिय तहका प्रमुख तथा अध्यक्ष तथा सरोकारवाला निकायहरूले साक्षर नेपाल अभियानलाई सफल बनाउन एकजुट भएर अगाडी बढनुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ