News Category 2075/10/26

अवैध सुनका बालासहित दुई पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
काठमाडौँ, २५ माघ ।
    विदेशबाट भन्सार छली ल्याइएका अवैध सुनका गरगहनासहित सप्तरी र धनुषाका दुई यूवक शुक्रबार पक्राउ परेका छन् ।
    पक्राउ पर्नेमा सप्तरीको मलानिया गाउँपालिका १ का २० वर्षीय सन्तोष यादव र धनुषाको जनकनन्दनी नगरपालिका २ का २५ वर्षीय समिम साफी रहेका छन् । यादवको साथबाट चार थान र साफीको साथबाट तीन थान सुनको बाला बरामद गरिएको प्रहरीले जनाएको छ । 
    काठमाडौँ महानगरपालिका–८ तिलगङ्गास्थित बसपार्कमा कतारबाट आएका शंकास्पद व्यक्तिको खानतलासी गर्दा उनीहरुको साथबाट ५०÷५० ग्राम तौल भएका सुनका सात थान बाला बरामद गरिएको महानगरी प्रहरी परिसर काठमाडौँले जनाएको छ । 
    वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा गएका कामदारलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गरगहना तस्करी हुने गरेको भन्ने गोप्य सूचनाका आधारमा अनुसन्धान शुरु गरेको थियो । 

प्रतिकृया दिनुहोस