News Category 2075/10/26
तीनै तहको सरकारबीच समन्वयको अभाव ः प्रदेश २ प्रमुख कायस्थ

राजविराज÷प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले तीनै तहका सरकार बीच समन्वयको अभावमा विभिन्न समस्या उठ्ने गरेको विचार व्यक्त गरेका छन् ।
सप्तरीको प्रमुख पर्यटकीय स्थल कञ्चनरुप नगरपालिका १२ स्थित धारापानीमा शनिबार आयोजित नेपाल पत्रकार महासंघ सप्तरीको वार्षिक साधारण सभाको उद्घाटन गर्देै उनले सो विचार व्यक्त गरेका हुन ।
उनले स्थानिय, प्रदेश र संघीय सरकार एक आपसमा सरसल्लाह गरी अघि बढे धेरै समस्या आपैm समाधान भएर जाने बताउँदै विकास निर्माणका लागि प्राप्त बजेट, साधन र श्रोत न्यायोचित रुपमा खर्च गरिनु पर्नेमा जोड दिए ।
उनले तीनै तहका सरकारको कामकाज बारेमा निगरानी सम्बद्ध निकायका साथै संचारकर्मीहरुले पनि गरेर सरकारलाई सहयोग गर्नुपर्ने बताए । उनले भ्रष्टाचार नियन्त्रणमा संचारकर्मीको भूमिका पनि महत्वपूर्ण हुने भन्दै पत्रकारहरु कुनै प्रलोभनमा नपरी भ्रष्टाचार र अनियमितता विरुद्ध निर्भिक र निष्पक्ष भई कलम चलाए भ्रष्टाचार नियन्त्रण र न्यूनिकरणमा ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
पत्रकारहरुको पेशागत हकहित र उत्थानका लागि पत्रकार प्रतिष्ठान स्थापना तर्फ सरकारको ध्यान गएको जानकारी दिदै श्रमजिवि पत्रकारको जीवन स्तरमा सुधार ल्याउन र उत्थानमा मद्दत पु¥याउने काम समेत गरेको धारणा राखे ।
पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गकाको अध्यक्षतामा आयोजित वार्षिक साधारण सभामा पूर्व मन्त्री हेमराज तातेड, वरिष्ठ राजनीतिज्ञ एवम् पूर्व पत्रकार कृष्णराज बर्मा, कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र, सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम गौतम, पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश झा, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, वरिष्ठ पत्रकार द्वय अनिल कुमार अनल, शिवहरी प्रसाद भट्टराई, उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधान, निर्माण व्यवसायी संघ सप्तरीका अध्यक्ष एनेश्वर दास लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा पत्रकारिता तथा विभिन्न क्षेत्रमा योगदान पु¥याए वापत वरिष्ठ राजनीतिज्ञ एवम् पूर्व पत्रकार कृष्णराज वर्मा, जेठा पत्रकार शिशु प्रसाद देवकोटा, कञ्चनरुप नगरपालिकाका मेयर बसन्त मिश्र तथा न्यूज टुडेका प्रकाशक एवं कम्प्याक्ट कम्यूनिकेशन प्रालिका अध्यक्ष शिवनारायण साहलगायतलाई प्रमुख अतिथि कायस्थले कदर पत्रबाट सम्मान गरेका थिए ।
पत्रकार महासंघका सचिव जितेन्द्र झा जितुद्वारा संचालित कार्यक्रममा अतिथिहरुलाई महासंघका सल्लाहकार श्रवण देवले स्वागत गरेका थिए भने उपाध्यक्ष श्यामसुन्दर यादवले धन्यवाद व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ