News Category 2075/10/27
चालक परिवर्तन भए नभएको जानकारी दिने उद्देश्यले ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा
दैनिक समाचारदाता
राजविराज, २७ माघ ।
सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि आइतबारदेखी ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याइएको छ ।
प्रहरी प्रधान कार्यालयको समन्वयमा ट्राफिक प्रहरी कम्युनिकेशन नामक एप्सको सार्वजनिकीकरण गरिएको हो ।
सप्तरीको शम्भुनाथ नगरपालिकास्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक हरीबहादुर पालले उक्त एप्सको शुभारम्भ गरे ।
एप्सको शुभारम्भ गर्दै प्रहरी प्रमुख पालले एउटा मात्र चालक राख्दा निदाएर दुर्घटना भइरहेको भन्दै अब उप्रान्त सबारीसाधनले दुई वटा चालक राख्नुपर्ने बताए ।
उनले दुई वटा चालक राखे÷नराखेको पत्ता लगाउनकै लागि यो एपको निर्माण गरिएको भन्दै यो एप मार्फत् त्यो कुरा पत्ता लगाइने र एक मात्रै चालक राख्नेलाई कार्वाहीको दायरामा ल्याइने बताए ।
प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीसाधन चलाउने चालक परिवर्तन भए नभएको जानकारी दिने उद्देश्यले उक्त एप्स सञ्चालनमा ल्याइएको हो ।
लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेपछि विभिन्न प्वाइन्टहरुमा जाँचका क्रममा उही चालक भेटिएमा कारवाही गरिने व्यवस्था गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ