News Category 2075/10/28
आयकर तथा मुल्यअभिबृद्वि सम्बन्धी गोष्ठी सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २८ माघ ।
आयकर तथा मुल्यअभिबृद्वि कर सम्बन्धी तीन दिने कार्यशाला गोष्ठी सोमबार राजविराजमा सम्पन्न भएको छ ।
नेपाल उद्योग बाणिज्य महासंघ तथा आन्तरिक राजस्व बिभागको आयोजनमा र सप्तरी उद्योग बाणिज्य संघको संयोजनमा अन्त शुल्क, आयकर, स्थायी पान नम्वर, मूल्य अभिबृद्वि कर सम्बन्धमा तालिमको आयोजना गरिएको महासंघका बरिष्ठ अधिकृत सीता घिमिरेले बताईन ।
सो अवसरमा कर सम्बन्धी बिस्तृत ब्यबस्थामा करदरहरू, कर तिर्ने समय र लेखा राख्ने तरिका, कर बिवरण, भर्ने तरिका बारेमा अभिमुखीकरण गराइएको थियो ।
ब्यवसायीकको हिसाब किताब लेखाले राखिदिने र लेखापरिक्षकले बिवरण बुझाई दिने हुदाँ ब्यवसाय आफैलाई कति कुराको जानकारी नहुने भएकाले कम्तिमा ब्यबसाय आफैलाई कर तथा लेखा बारेमा जानकारी होस् भन्ने उद्देश्य तालिमको आयोजना गरिएकने घिमिरेले बताईन् ।
ब्यवसायीले अनजान एवं भुलबस गरेको गल्तिका कारण जरिवाना तिर्नुपर्ने समस्या भएकोले यस तालिमबाट त्यस समस्यावाट छुटकारा मिल्ने उद्योगी मनोज कुमार मुन्धडा बताए ।
सो तालिममा चार्टड ऐकाउन्टेन्टद्वय ज्ञानेन्द्र बहादुर भारी र मुरलीधर तिवारीले सहजिकरण गरेका थिए । गोष्ठीमा उद्योगी, व्यापारी, सहकारी संस्थाका ब्यबसायी र सम्बन्धी संस्थाका लेखापालसहितको प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ