News Category 2075/10/29
सामाजिक परिचालकले निरन्तरताका लागि जिसस प्रमुखलाई गुहार्दै
दैनिक समाचारदाता
राजविराज, २९ माघ ।
नेपाल सामाजिक परिचालक कर्मचारी संघ सप्तरीले नियुक्तीको माँग गर्दै जिल्ला समन्वय समिति प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।
मंगलवार जिसस कार्यलयमा जिल्ला सामाजिक परिचालकहरूले प्रमुख प्रभाकर यादबलाई समाजिक परिचालक तथा कार्यलय सहायक पत्रमा निरन्तरताका लागि मााग सहित ज्ञापनपत्र बुझाएको हो ।
२०६६ सालदेखि नै सामाजिक परिचालनका कार्यमा घरघरमा पुगेर समुदाय अभिमुखिकरण तथा महिला सशक्तिकरण कार्यमा उल्लेखनिय योगदान पु¥याउदै आएपनि हाल स्थानिय तहले सामाजिक परिचालकलाई नियुक्ती नदिएको सामाजिक परिचालक संघक जिल्ला अध्यक्ष सुरेश कुमार सडोकले दुखेसो पोखे ।
सामाजिक परिचालक कर्मचारीहरूलाई नेपाल सरकारले कार्यालय सहायक पदमा २०७४ चैत १६ देखि अषार मसान्त सम्म सम्बन्धी वडाहरूमा नियुक्ती दिई काम गर्दै आएको उनले बताए । पछि सामाजिक परिचालक कर्मचारी संघ सप्तरीले पुनःनिरन्तरताका लागि स्थानिय तह र प्रदेश सरकारलाई पहल गरेपछि धेरै स्थानिय तहमा समाजिक परिचालक तथा कार्यालय सहायक पदमा राखेपनि केही तहमा राख्न नमानेको सामाजिक परिचालक संघका कोषाध्यक्ष तारा कटुवालले बताईन ।
सप्तरीको १८ स्थानिय तह मध्ये १३ स्थानिय तहमा सामाजिक परिचालकहरूलाई नियुक्ती दिई निरन्तरता दिएको मध्येमा ४ वटा नगरपालिका र एउटा गाँउपालिकाले सामाजिक परिचालकलाई राख्न आलटाल गर्दै आएको समाजिक परिचालक संतोष यादबले गुनासो गरे ।
निरन्तरता दिन नचाहेका मध्ये राजबिराज नगरपालिका, कंचनरूप नगरपालिका, खडग नगरपालिका, बोदेबरसाईन नगरपालिका र बिष्णुपुर गाँउपालिकाले सामाजिक परिचालक कर्मचारीहरूलाई राख्न नचाहेको उनले बताए ।
यता जिसस प्रमुख यादबले सामाजिक परिचालकहरूलाई स्थानिय तहमा समाबेश गर्नुपर्ने बताउदै यसका लागि प्रदेश सरकार तथा स्थानिय तहलाई पत्रचार गरि पहल गर्ने प्रतिबद्धाता जनाए ।
यसअघि स्थानिय निकायबिहिन रहेको अबस्थामा सामाजिक परिचालकहरूले नगरपालिका तथा तत्कालिन गाविसमा सामाजिक परिचालनदेखि कार्यालय संचालन समेतमा सहयोग गर्दै आएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ