News Category 2075/10/29
सामाजिक परिचालकले निरन्तरताका लागि जिसस प्रमुखलाई गुहार्दै
दैनिक समाचारदाता
राजविराज, २९ माघ ।
नेपाल सामाजिक परिचालक कर्मचारी संघ सप्तरीले नियुक्तीको माँग गर्दै जिल्ला समन्वय समिति प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।
मंगलवार जिसस कार्यलयमा जिल्ला सामाजिक परिचालकहरूले प्रमुख प्रभाकर यादबलाई समाजिक परिचालक तथा कार्यलय सहायक पत्रमा निरन्तरताका लागि मााग सहित ज्ञापनपत्र बुझाएको हो ।
२०६६ सालदेखि नै सामाजिक परिचालनका कार्यमा घरघरमा पुगेर समुदाय अभिमुखिकरण तथा महिला सशक्तिकरण कार्यमा उल्लेखनिय योगदान पु¥याउदै आएपनि हाल स्थानिय तहले सामाजिक परिचालकलाई नियुक्ती नदिएको सामाजिक परिचालक संघक जिल्ला अध्यक्ष सुरेश कुमार सडोकले दुखेसो पोखे ।
सामाजिक परिचालक कर्मचारीहरूलाई नेपाल सरकारले कार्यालय सहायक पदमा २०७४ चैत १६ देखि अषार मसान्त सम्म सम्बन्धी वडाहरूमा नियुक्ती दिई काम गर्दै आएको उनले बताए । पछि सामाजिक परिचालक कर्मचारी संघ सप्तरीले पुनःनिरन्तरताका लागि स्थानिय तह र प्रदेश सरकारलाई पहल गरेपछि धेरै स्थानिय तहमा समाजिक परिचालक तथा कार्यालय सहायक पदमा राखेपनि केही तहमा राख्न नमानेको सामाजिक परिचालक संघका कोषाध्यक्ष तारा कटुवालले बताईन ।
सप्तरीको १८ स्थानिय तह मध्ये १३ स्थानिय तहमा सामाजिक परिचालकहरूलाई नियुक्ती दिई निरन्तरता दिएको मध्येमा ४ वटा नगरपालिका र एउटा गाँउपालिकाले सामाजिक परिचालकलाई राख्न आलटाल गर्दै आएको समाजिक परिचालक संतोष यादबले गुनासो गरे ।
निरन्तरता दिन नचाहेका मध्ये राजबिराज नगरपालिका, कंचनरूप नगरपालिका, खडग नगरपालिका, बोदेबरसाईन नगरपालिका र बिष्णुपुर गाँउपालिकाले सामाजिक परिचालक कर्मचारीहरूलाई राख्न नचाहेको उनले बताए ।
यता जिसस प्रमुख यादबले सामाजिक परिचालकहरूलाई स्थानिय तहमा समाबेश गर्नुपर्ने बताउदै यसका लागि प्रदेश सरकार तथा स्थानिय तहलाई पत्रचार गरि पहल गर्ने प्रतिबद्धाता जनाए ।
यसअघि स्थानिय निकायबिहिन रहेको अबस्थामा सामाजिक परिचालकहरूले नगरपालिका तथा तत्कालिन गाविसमा सामाजिक परिचालनदेखि कार्यालय संचालन समेतमा सहयोग गर्दै आएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ