News Category 2075/11/06
असीना पानीका कारण ईटा व्यवासायीलाई असर, ईटाको मुल्य बृद्धि हुनसक्ने
दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
ईटा व्यवासायी संघले केही दिनदेखी परेको असीना पानीका कारण ईटा व्यवासायीलाई असर परेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
ईटा व्यवासायी संघ सप्तरीका अध्यक्ष दुर्गानन्द प्रसाद साहद्वारा जारि विज्ञप्तिमा जिल्लामा रहेको ७२ वटा ईटा उद्योग मध्ये ४० वटा ईटा उद्योग संचालनमा रहेका ५० प्रतिशत मात्र आगो फुकाई गर्न सकेको र असिना पानी परेको कारणले पुर्ण रुपमा ईटा उद्योगमा क्षति भएको जनाइएको छ ।
कम्तीमा एक ईटा उद्योगमा २ देखि १० लाख रुपैया बराबरको क्षती पुगेको उल्लेख गर्दै विज्ञिप्तमा ईटा व्यवासायीलाई प्रत्यक्ष रुपमा घाटा भएको जनाइएको छ । यता ईटा पकाउने कोइलाको मुल्य पनि अकासिएको हुँदा सहज रुपमा पाउनु पर्ने कोइला नपाउनुले व्यवासायीलाई २५ प्रतिशत बढी मुल्य तिरेर कोइला खरिद गर्नु पर्ने बाध्यता रहेको जनाइएको छ ।
यता ईटा पकाउने कोईलाको ३५ प्रतिशत मुल्य बृद्धि र अर्को तर्फ बेमौसमी बर्षाले ईटाको क्षति भएको कारणले ईटाको मुल्य बृद्धि हुने सम्भावना देखिएको संघका अध्यक्ष साहले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
ईटाको मुल्यमा बृद्धि हुने देखिएकोले यसको सिधा असर जनतालाई नै पर्ने भएकोले ईटा उद्योग व्यसायी संघले असिना पानीले क्षति भएको ईटाको क्षतिपुर्ति र कोईला सहज उपलब्ध गराउनु पर्ने सरकारसंग माँग समेत गरेको छ ।
साथै विज्ञप्तिमार्फत क्षति भएको ईटाको आयकर र भ्याटमा समेत छुटको माग सरकारसँग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ