News Category 2075/11/06
असीना पानीका कारण ईटा व्यवासायीलाई असर, ईटाको मुल्य बृद्धि हुनसक्ने
दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
ईटा व्यवासायी संघले केही दिनदेखी परेको असीना पानीका कारण ईटा व्यवासायीलाई असर परेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
ईटा व्यवासायी संघ सप्तरीका अध्यक्ष दुर्गानन्द प्रसाद साहद्वारा जारि विज्ञप्तिमा जिल्लामा रहेको ७२ वटा ईटा उद्योग मध्ये ४० वटा ईटा उद्योग संचालनमा रहेका ५० प्रतिशत मात्र आगो फुकाई गर्न सकेको र असिना पानी परेको कारणले पुर्ण रुपमा ईटा उद्योगमा क्षति भएको जनाइएको छ ।
कम्तीमा एक ईटा उद्योगमा २ देखि १० लाख रुपैया बराबरको क्षती पुगेको उल्लेख गर्दै विज्ञिप्तमा ईटा व्यवासायीलाई प्रत्यक्ष रुपमा घाटा भएको जनाइएको छ । यता ईटा पकाउने कोइलाको मुल्य पनि अकासिएको हुँदा सहज रुपमा पाउनु पर्ने कोइला नपाउनुले व्यवासायीलाई २५ प्रतिशत बढी मुल्य तिरेर कोइला खरिद गर्नु पर्ने बाध्यता रहेको जनाइएको छ ।
यता ईटा पकाउने कोईलाको ३५ प्रतिशत मुल्य बृद्धि र अर्को तर्फ बेमौसमी बर्षाले ईटाको क्षति भएको कारणले ईटाको मुल्य बृद्धि हुने सम्भावना देखिएको संघका अध्यक्ष साहले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
ईटाको मुल्यमा बृद्धि हुने देखिएकोले यसको सिधा असर जनतालाई नै पर्ने भएकोले ईटा उद्योग व्यसायी संघले असिना पानीले क्षति भएको ईटाको क्षतिपुर्ति र कोईला सहज उपलब्ध गराउनु पर्ने सरकारसंग माँग समेत गरेको छ ।
साथै विज्ञप्तिमार्फत क्षति भएको ईटाको आयकर र भ्याटमा समेत छुटको माग सरकारसँग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ