News Category 2075/11/06
बाढीपीडितद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
२०७४ साल असार महिनामा आएको बाढीले घरबार बिहीन भएका सप्तरीको तिरहुत गाउँपालिकाका बाढीपीडितहरुले सोमबार ठतत्कालिन सरकारद्वारा गरिएको निर्णय कार्यान्वयनको माँग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
२०७४ साल असार महिनाको तेश्रो सातामा आएको भिषण बाढीले सो गाउँपालिकाको वडा नं. २ र ५ का अधिकांश घर डुवानमा पार्दा १ सय ३० परिवारको उठिवास भएको थियो ।
उनीहरुको घर बाढीले बगाएको थियो भने सयौं विगहा खेती योग्य जग्गा बालुवा र बाढीको पानीले ढपक्कै भएको थियो । बाढीबाट बिस्थापित भएकाहरुको पीडा बारे विभिन्न संचारमाध्यमले प्राथमिकताका साथ समाचार प्रकाशन र प्रशारण गरेपछि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनाद्र्धन शर्मा असार २३ गते बाढीपीडितको अवस्था बुझ्न हेलिकप्टरबाट आइपुगि स्थालगत अध्ययन गरेका थिए ।
सो क्रममा प्रधानमन्त्री देउवा र गृहमन्त्री शर्माले प्रति परिवार टहरा बनाउन १० हजार र जस्ता किन्न १५ हजार रुँपैया तत्कालिन राहत स्वरुप उपलब्ध गराउने घोषणा गरेका थिए ।
यस्तै बाढीपीडित १ सय ३० परिवारलाई १५ लाख सहुलियत ऋण र ३ लाख रुँपैया क्षतिपूर्ति रकम दिने निर्णय समेत तत्कालिन सरकारको मन्त्रीपरिषद्को बैठकले गरेको थियो । तर, सो निर्णय र प्रतिबद्धता १९ महिना बितिसक्दा पनि पूरा नभएको र आफूहरुको जिवन थप कष्ठकर बन्दै गएको उल्लेख गर्दै ज्ञापन पत्र मार्फत वर्तमान सरकार र प्रधानमन्त्रीलाई यस बारे आवश्यक पहल गरिदिन आग्रह गरिएको छ ।
बाढीपीडितको तर्फबाट आसिन मियाँद्वारा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई बुझाइएको ज्ञापनपत्र आवश्यक कायार्थ सोमबारै फ्याक्स मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिसद्को कार्यालय पठाइएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ