News Category 2075/11/06
नक्कली बुवा बनी भारतीय ज्वाईलाई नागरिकता दिलाउने शिक्षक पक्राउ
दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
नक्कली बुबा बनी ज्वाई पर्ने भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाएको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ कोचाबखारी निवासी ५० वर्षिय उत्तमलाल साह छन् ।
सिन्धुपालचोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित पतिङ्ग आधारभुत विद्यालयमा शिक्षक पदमा कार्यरत साहले भारत विहार राज्यको लौकही थाना नरेन्द्रपुर ग्रामपंचायत निवासी बिरेन्द्र साहलाई छोराको रुपमा झुठा विवरण प्रस्तुत गरि जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नागरिकता दिलाउन सफल भएका थिए ।
भारतीय नागरिक साह पक्राउ परेका साहको नाताले ज्वाई भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
सो सम्बन्धमा परेको गोप्य उजुरीको आधारमा छानबिन गर्दा किर्ते नागरिकता प्रकरणको खुलासा भएको र साहलाई नियन्त्रणमा लिएको बताइएको छ ।
उनलाई सोमबार सप्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद थप गराई आवश्यक अनुसन्धानका लागि थुनामा राखिएको जिल्ःला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ