News Category 2075/11/08
दुई बालिकालाई जबरजस्तिकरणी गर्नेहरु पक्राउ
दैनिक समाचारदाता
सिरहा, ८ फागुन ।
सिरहाको छुट्टाछुट्टै स्थानमा दुई जना बालिका जबरजस्तीकरणीको शिकार भएकी छिन् । ती दुबै घटनाका आरोपीहरुलाई प्रहरीले पक्राउ समेत गरेको छ ।
सिरहाको धनगढीमाई नगरपालिका १३ वस्ने १४ वर्षीया बालिकालाई जबरजस्तिकरणी गरेको अभियोगमा स्थानिय एक यूवकलाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानिय चन्डेरा जंगलमा दाउरा टिप्न गएको अवस्थामा ती बालिकालाई मंगलवार साझँ सोही नगरपालिका १३ खजनपुरका २४ वर्षीय श्रीराम यादबले जबरजस्तिकरणी गरेका थिए ।
करणी पश्चात् फरार रहेका यादवलाई ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी, सिरहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय, लहानमा पठाएको जनाएको छ ।
यसै गरी सिरहा गोलबजार नगरपालिका १० घुर्मिघाट वस्ने १२ वर्षीया बालिकालाई जबरजस्ति करणी गरेको अभियोगमा सोही नगरपालिका वस्ने अन्दाजी २१ वर्षीय दिपक राईलाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
घरमा कोही नभएको अवस्थामा निज बालिकालाई जवरजस्तिकरणी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलिले राईलाई पक्राउ गरेको हो ।
यता दुबै घट्ना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ