News Category 2075/11/08
स्वास्थ्य शिविरको प्रधान सेनापतिद्वारा निरिक्षण
दैनिक समाचारदाता
राजविराज, ८ फागुन ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको सहकार्यमा राजविराजमा संचालित बृहत निशुल्क स्वास्थ्य घुम्ति शिविरमा बुधबारसम्म २४ हजार ४ सय १४ जना बिरामीहरुले स्वास्थ्य उपचार गराएका छन् ।
यसैबीच बुधबार सो घुम्ती स्वास्थ्य शिविरको प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा, बलाध्यक्ष रथी शरद गिरी, प्राविधिक सहायक रथी डा. सुनिल कुमार सिंह, प्राविधिक सहायक रथी डा. अरुण कुमार न्यौपाने, सहायक रथी प्रेम शाही लगायत १६ जनासम्मिलित टोलीले निरीक्षण गरेका थिए ।
शिविरको निरीक्षणका क्रममा टोलीलाई स्वास्थ्य शिविरका प्रमुख प्राविधिक सहायक रथी डा. राजीवराज शाहीले स्वास्थ्य शिविर सम्बन्धि जानकारी गराएका थिए ।
राजविराजमा नगरपालिका वडा नं. ८ स्थित पब्लिक बिन्देश्वरी मा.वि.को खेल मैदानमा फागुन १ गतेदेखी संचालित स्वास्थ्य शिविर फागुन ११ गतेसम्म संचालन हुने राजविराजस्थित भिम दल गणले जनाएको छ ।
नेपाली सेनाका बरिष्ठ चिकित्सद्वारा संचालन भई रहेको बृहत निःशूल्क संयुक्त शल्य चिकित्सा घूम्ती स्वास्थ्य शिविरमा निःशूल्क औषधि बितरण, एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी सुविधा रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ