News Category 2075/11/09
प्रदेश २ मा मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन माँग
दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
मैथिली भाषालाई प्रदेश नम्वर २ मा सरकारी कामकाजको भाषा बनाउनु पर्ने माँग गरिएको छ ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मैथिली साहित्य परिषदले विहिवार राजविराजमा आयोजनाको गरेको ‘मैथिली साहित्यिक गोष्ठी एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले सो माग गरेका हुन् ।
वक्ताहरुले सरकारी कामकाजको भाषासहित लोकसेवाको माध्यम समेत मैथिली हुनुपर्ने माँग समेत गरेका छन् ।
मैथिल महासंघका अध्यक्ष विष्णु मण्डलले मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा राजनितिक विश्लेषक अमरकान्त झाले प्रारम्भिक तहमा अनिवार्य र माध्यमिक तहमा ऐच्छिक विषयको अध्ययन अध्यापन तथा मैथिली भाषीका लागि लोकसेवामा मैथिली भाषामै प्रश्न सोध्ने ब्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पुर्व शिक्षिका मञ्जु श्रेष्ठले मैथिली भाषाको विकास, संरक्षण र समृद्धिका लागि विद्यालयमै अनिवार्य पठन पाठनको ब्यवस्था हुनुपर्नेमा जोड दिईन् ।
यसैगरी अवकाशप्राप्त इन्जिनियर प्रयाग यादवले पनि प्रदेश २ मा मैथिली भाषालाई कामकाजी भाषाको मान्यता दिलाउन राजनितिक दल र त्यसका नेतृत्वलाई दवाव दिनुपर्ने बताए ।
अधिवक्ता राजेन्द्र देव, मैथिल महिला परिषद्की अध्यक्ष शान्ति झा, साहित्यकारहरु सत्येन्द्रनाथ चौधरी, श्रीराम मण्डल, ललिता झा, रमिला साह, कञ्चन झालगायतले मैथिली भाषाको महत्वबारे मन्तव्य सहित साहित्यिक रचना वाचन गरेको परिषद्का सचिव श्यामसुन्दर यादवले जानकारी दिएका छन् ।
सोही कार्यक्रममा मैथिली अभियानी प्रा. सुरेन्द्र देवलाई मरणोपरान्त सम्मान गरिएको छ । उक्त सम्मान उनकी धर्मपत्नी नीला देवलाई हस्तान्तरण गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ