News Category 2075/11/09
प्रदेश २ मा मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन माँग
दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
मैथिली भाषालाई प्रदेश नम्वर २ मा सरकारी कामकाजको भाषा बनाउनु पर्ने माँग गरिएको छ ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मैथिली साहित्य परिषदले विहिवार राजविराजमा आयोजनाको गरेको ‘मैथिली साहित्यिक गोष्ठी एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले सो माग गरेका हुन् ।
वक्ताहरुले सरकारी कामकाजको भाषासहित लोकसेवाको माध्यम समेत मैथिली हुनुपर्ने माँग समेत गरेका छन् ।
मैथिल महासंघका अध्यक्ष विष्णु मण्डलले मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा राजनितिक विश्लेषक अमरकान्त झाले प्रारम्भिक तहमा अनिवार्य र माध्यमिक तहमा ऐच्छिक विषयको अध्ययन अध्यापन तथा मैथिली भाषीका लागि लोकसेवामा मैथिली भाषामै प्रश्न सोध्ने ब्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पुर्व शिक्षिका मञ्जु श्रेष्ठले मैथिली भाषाको विकास, संरक्षण र समृद्धिका लागि विद्यालयमै अनिवार्य पठन पाठनको ब्यवस्था हुनुपर्नेमा जोड दिईन् ।
यसैगरी अवकाशप्राप्त इन्जिनियर प्रयाग यादवले पनि प्रदेश २ मा मैथिली भाषालाई कामकाजी भाषाको मान्यता दिलाउन राजनितिक दल र त्यसका नेतृत्वलाई दवाव दिनुपर्ने बताए ।
अधिवक्ता राजेन्द्र देव, मैथिल महिला परिषद्की अध्यक्ष शान्ति झा, साहित्यकारहरु सत्येन्द्रनाथ चौधरी, श्रीराम मण्डल, ललिता झा, रमिला साह, कञ्चन झालगायतले मैथिली भाषाको महत्वबारे मन्तव्य सहित साहित्यिक रचना वाचन गरेको परिषद्का सचिव श्यामसुन्दर यादवले जानकारी दिएका छन् ।
सोही कार्यक्रममा मैथिली अभियानी प्रा. सुरेन्द्र देवलाई मरणोपरान्त सम्मान गरिएको छ । उक्त सम्मान उनकी धर्मपत्नी नीला देवलाई हस्तान्तरण गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ