News Category 2075/11/14

आगलागीबाट सात लाख बराबरको क्षति

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १४ फागुन ।
    सप्तरीको सुरुङ्गा नगरपालिका ४ मा आगलागि हुँदा करिब ७ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । 
    सो आगलागिमा स्थानिय रामलोचन रामको दुई तल्ले कच्चि घर र गाई गोठमा आगलागी हुँदा करिव ७ लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ । 
    सोमवार दिउँसो अचानक आगलागी हुँदा गाई गोठ, घर र घर भित्र रहेका नगद, सुनचादी, लत्ताकपडा र अन्नपात समेत जलेर उक्त मुल्य बराबरको क्षति भएको हो । 
    ईलाका प्रहरी कार्यालय कडोरबोना सप्तरीबाट प्रहरी टोली तथा स्थानिय बासिन्दाको सहयोगमा आगोलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिकृया दिनुहोस