News Category 2075/11/16
भारत्तोलनमा सप्तरीको वर्चस्व, आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ का भारत्तोलनको खेलाडी छनौट
दैनिक समाचारदाता
राजविराज, १६ फागुन ।
नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बिहीबार राजविराजमा सम्पन्न प्रदेश २ को भारत्तोलन खेलाडी छनौट प्रतियोगितामा सप्तरीले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान प्राप्त गरेको छ ।
राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा सम्पन्न छनौट प्रतियोगितामा महिला र पुरुषतर्फ ४÷४ स्वर्ण पदक प्राप्त गरी सप्तरी प्रदेश २ स्तरीय छनौट प्रतियोगितामा प्रथम भएको हो ।
यस्तै धनुषा र बाराले पुरुषतर्फ २÷२ स्वर्ण पदक ल्याई द्वितीय भएका छन् भने महिलातर्फ ३ स्वर्ण पदक ल्याई सिरहा द्वितीय भएको छ । प्रतियोगितामा पर्साले एक कास्य पदक प्राप्त गरेको छ ।
प्रदेश २ का आठै जिल्लाको सहभागिता रहेको यस प्रतियोगितामा रौतहट, सर्लाही र महोत्तरीले भने खाता खोल्न सकेनन् ।
मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा भारत्तोलन संघ सप्तरीको आतिथ्यमा आयोजित प्रदेश स्तरीय छनौट प्रतियोगितामा पुरुषतर्फ ५५ केजीमा रामकुमार यादव (सप्तरी) प्रथम, ६१ केजी तौल समूहमा रमेश झा (सप्तरी) प्रथम, ७३ केजी तौल समूहमा मनोज कुमार यादव (सप्तरी) प्रथम र १०२ केजी तौल समूहमा राजेश कुमार झा (सप्तरी) प्रथम भएका छन् ।
यस्तै पुरुषतर्फ ६७ केजी तौलसमूहमा अशोक कुमार यादव (धनुषा) प्रथम र ९६ केजी तौल समूहमा धनुषाकै उज्जवल कुमार मिश्र प्रथम भएका छन् ।
८१ केजी तौल समूहमा बाराका सजाउदीन आलम प्रथम भएका छन भने प्लस १०९ केजी तौल समूहमा पनि बाराकै आदर्श कुमार गुप्ता प्रथम भए । १०९ केजी तौल समूहमा भने सिरहाका प्रताप चौधरी प्रथम भए ।
महिलातर्फ ४५ केजी तौल समूहमा काजल सदा (सप्तरी) प्रथम, ४९ केजी तौल समूहमा पुजा मण्डल (सप्तरी) प्रथम, ५५ केजी तौल समूहमा सरिता कुमारी मण्डल (सप्तरी) प्रथम र ५९ केजी तौल समूहमा सप्तरीकै सरस्वती चौधरी प्रथम भईन । महिलातर्फनै ६४ केजी तौल समूहमा पुष्पा चौधरी (सिरहा) प्रथम, ६९ केजी तौल समूहमा प्रमिला चौधरी (सिरहा) प्रथम र प्लस ८६ केजीमा सिरहाकै अनिता चौधरी प्रथम भईन ।
प्रतियोगिता समाप्तिपछि आयोजित पुरस्कार वितरण समारोहमा मध्यमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजरा, नेपाल भारोतोलन संघका केन्द्रीय सचिव तीलक बहादुर राउत, केन्द्रीय सदस्य गीता श्रेष्ठ, भारत्तोलन संघ सप्तरीका अध्यक्ष महेश यादव, नेपाल खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज कुमार माझी, अखिल नेपाल फुटवल संघ सप्तरीका अध्यक्ष देवेन्द्र बस्नेत, टेबुलटेनिस संघका अध्यक्ष मनोहर पोखरेल लगायतले विजय खेलाडीहरुलाई पुरस्का वितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ