News Category 2075/11/17
आफ्नै छोरीको हत्या गर्ने आमा र उनका प्रेमीलाई जन्मकैद
दैनिक समाचारदाता
राजविराज, १७ फागुन ।
प्रेमीसँग मिलेर आफ्नै डेढ वर्षिया अवोध छोरीको हत्या गर्ने आमा र उनका प्रेमीलाई जिल्ला अदालत सप्तरीले जन्मकैदको फैसला सुनाएको छ ।
२०७३ साउन १२ गते पति सुर्यनारायण मण्डलको सम्बन्धबाट जन्मिएकी डेढ वर्षिया छोरी प्रमिलाको हत्या गरेको अभियोगमा सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुर निवासी रानी देवी मण्डल र उनका प्रेमी सोही गाउँपालिका निवासी शिवशंकर मालीलाई सप्तरी जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो ।
सूर्यनारायणको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी शिवशंकर र रानी भएको कर्तव्य ज्यान मुद्दा उपर शुक्रवार भएको सुनवाईमा न्यायाधिश हरिशचन्द्र ढुंगानाको एकल इजलासले सो फैसला गरेको हो ।
प्राप्त घटना विवरण अनुसार पति सूर्यनारायण मण्डल रोजगारीको शिलशिलामा विदेशमा रहेका बेला रानी छिमेकी शिवशंकर मालीसँग प्रेम सम्बन्धमा गाँसिएकी थिईन । प्रेम सम्बन्ध गहिरीदै गएपछि पति सूर्यनारायण मण्डलबाट जन्मिएकी छोरी प्रमिलालाई रानी र उनका प्रेमी शिवशंकर मिलेर हत्या गरी खाँडो खोलामा बगाएका थिए ।
शिवशंकर र रानी मिली डेढ वर्षिय प्रमिलाको हत्या गरी खाँडो खोलामा बगाएको पुष्टि भएको र शव लुकाउने नियत समेत देखिएकोले जन्मकैद सँगै थप ६ महिना कैद सजाय हुने ठहर गरिएको फैसलामा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ