News Category 2075/11/17
आफ्नै छोरीको हत्या गर्ने आमा र उनका प्रेमीलाई जन्मकैद
दैनिक समाचारदाता
राजविराज, १७ फागुन ।
प्रेमीसँग मिलेर आफ्नै डेढ वर्षिया अवोध छोरीको हत्या गर्ने आमा र उनका प्रेमीलाई जिल्ला अदालत सप्तरीले जन्मकैदको फैसला सुनाएको छ ।
२०७३ साउन १२ गते पति सुर्यनारायण मण्डलको सम्बन्धबाट जन्मिएकी डेढ वर्षिया छोरी प्रमिलाको हत्या गरेको अभियोगमा सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुर निवासी रानी देवी मण्डल र उनका प्रेमी सोही गाउँपालिका निवासी शिवशंकर मालीलाई सप्तरी जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो ।
सूर्यनारायणको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी शिवशंकर र रानी भएको कर्तव्य ज्यान मुद्दा उपर शुक्रवार भएको सुनवाईमा न्यायाधिश हरिशचन्द्र ढुंगानाको एकल इजलासले सो फैसला गरेको हो ।
प्राप्त घटना विवरण अनुसार पति सूर्यनारायण मण्डल रोजगारीको शिलशिलामा विदेशमा रहेका बेला रानी छिमेकी शिवशंकर मालीसँग प्रेम सम्बन्धमा गाँसिएकी थिईन । प्रेम सम्बन्ध गहिरीदै गएपछि पति सूर्यनारायण मण्डलबाट जन्मिएकी छोरी प्रमिलालाई रानी र उनका प्रेमी शिवशंकर मिलेर हत्या गरी खाँडो खोलामा बगाएका थिए ।
शिवशंकर र रानी मिली डेढ वर्षिय प्रमिलाको हत्या गरी खाँडो खोलामा बगाएको पुष्टि भएको र शव लुकाउने नियत समेत देखिएकोले जन्मकैद सँगै थप ६ महिना कैद सजाय हुने ठहर गरिएको फैसलामा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ