News Category 2075/11/18
आतंकवादले कुनै मुलुकको भलो हुन सक्दैन् ः वक्ताहरु
राजविराज÷आतंकवादी गतिविधिले कुनै मुलुकको भलो हुन नसक्ने भएकोले यसप्रति सम्पूर्ण मुलुक एक जुट हुनु हुनुको विकल्प नरहेको राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
नेपाल भारत मैत्री युवा संघ सप्तरीको आयोजनामा शनिबार राजविराजमा आयोजित “वैश्विक आतंकवाद नियन्त्रण र नेपालको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
आयोजित अन्तरक्रियामा अधिकांश वक्ताहरुले अहिले विश्वका अधिकांश विकासोन्मूख मुलुकहरु आंतकवादले ग्रसित बन्दै गएकोले यस्ता गतिविधिलाई धरासायी पार्न सबै मुलुक एकजुट हुनुको विकल्प नरहेको उल्लेख गरेका छन् ।
वक्ताहरुले वर्तमान समयमा दक्षिण एशियाका दुई चिरपरिचत मुलुक भारत र पाकिस्तान अहिले एक आपसमा आंतवादको बिरुद्ध युद्धको अवस्थामा आइपुगेको भन्दै त्यसको असर नेपालमा समेत पुग्नेप्रति चिन्ता व्यक्त गरे । कार्यक्रममा वक्ताहरुले नेपाललाई कुनै पनि प्रकारले आंतकवादको प्रश्रय दिने मुलुकको रुपमा परिचित नगराउन नेपाली जनता र राज्य गम्भिर हुनु पर्ने विचार व्यक्त गरे ।
यसका लागि नेपाल सरकारले दुई छिमेकी मुलुकसँग आपसी छलफल र बैदेशिक कुटनितिले नेपाल आंतकवादलाई प्रश्रय नदिइरहेको बारे विश्वस्त पार्नु पर्नेमा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले भारत अहिले आंतकवाद बिरुद्ध लडिरहेकोले भविष्यमा यसको असर नेपालमा समेत पर्न सक्ने कुरा नकार्न नसक्ने दाबी गर्नुभयो । उनले भारत नेपालबीच खुल्ला सिमाना रहेकोले त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न दुबै मुलुकले आपसी समझदारी गर्न अत्यन्त आवश्यक रहेको औल्याए ।
त्यस्तै वरिष्ठ अधिवक्ता हिम्मत सिंहले भारतले पाकिस्तानलाई आंतकवादको नाममा नाकाबन्दीदेखी उस्कै भूमिमा गएर परास्त गर्न खोजेको कार्य अशोभनिय रहेको बताए । आंतकवाद नियन्त्रण गर्ने अन्य उपायबाट गर्नुपर्ने उनको कथन छ ।
सोही कार्यक्रममा वरिष्ठ पत्रकार अनिल कुमार अनलले भारतले विभिन्न समयमा नेपाललाई सहयोग गर्दै आइरहेको स्मरण गराउँदै नेपालले भारत बिरुद्ध कुनै पनि आंतकवादी गतिविधिका लागि आफ्नो भूमिलाई प्रयोग गर्नबाट रोक्न सरकारको गम्भिर ध्यान पुग्नु पर्ने विचार व्यक्त गरे । विगतमा नेपाली भूमिबाट भारतबिरुद्ध भएका भुलहरुलाई सुधार्दै त्यस्ता आंतकवादी गतिविधि पुनः नदोहरिनका लागि नेपाल सतर्क हुनुपर्नेमा जोड दिए ।
नेपाल भारत मैत्री युवा संघ सप्तरीका अध्यक्ष किशोर कुमार यादवको अध्यक्षतमा सम्पन्न कार्यक्रममा राजपा नेपालका वरिष्ठ उपाध्यक्ष शेखर सिंह, प्रदेश सभा सदस्य विदेश्वर यादव, प्रदेश सभा सदस्य नेत्रविक्रम साह, प्रदेश सभा सदस्य गिता कुमारी यादव, राजविराज नगरपालिका प्रमुख शम्भू प्रसाद यादव, डाकनेश्वरी नगरपालिका प्रमुख शिव नारायण साह, रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादव, महदेवा गाउँपालिका अध्यक्ष दिपक यादव, प्राध्यापक मंचका केन्द्रीय अध्यक्ष डा. हेम कुमार मिश्र, प्रदेश २ शिक्षा कार्यदलका सदस्य संतोष कुमार चमन, डा. शिवनारायण यादव, ई. इन्द्र नारायण देव, राजपा नेपालका केन्द्रीय सदस्य दिपेन्द्र कुमार चौधरी, अधिवक्ता डोमन साह, सामुदायिक शिक्षक युनियनका प्रदेश उपाध्यक्ष देवनारायण गोइतलगायतले आंतकवाद विरुद्ध नेपालको भूमि प्रयोग हुनबाट सम्पूर्ण नेपाली जनता र राज्य सचेत हुनुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/10 लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
- 2081/08/09 निरन्तरको अनुगमनले सुधारिदै पठनपाठन
- 2081/08/07 कोशी पीडितको समस्या समाधानका लागि प्रक्रिया सुरु
- 2081/08/07 विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
- 2081/08/06 आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
- 2081/08/06 वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
- 2081/08/06 प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ