News Category 2075/11/20
शिवरात्रीको अवसरमा शान्ति यात्रा र प्रवचन
दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
महाशिबरात्रीको अवसरमा ब्रहमाकुमारी राजयोग सेवा केन्द्रद्वारा राजविराजमा सोमबार बिभिन्न कार्यक्रम गरिएको छ ।
ब्रहमाकुमारी राजयोग सेवा केन्द्र राजबिराजले नगरको विभिन्न ठाँउमा शान्ति यात्राको आयोजना गरेको हो ।
शिवरात्रीको अवसरमा शिव झण्डोत्तोलन, शिबलिंग पुजन, शान्ति र समृद्धि तथा स्वर्णिम युगका लागि वैश्विक जागृती तथा आध्यात्मिक बिषयबस्तु माथि प्रवचनको आयोजना समेत गरिएको थियो ।

उक्त अवसरमा कृषि तथा सहकारी मंन्त्री शैलेन्द्र प्रसाद साहले प्रवचन कार्यक्रमको उद्घाटन गर्दै ब्रहमाकुमारी राजयोग सेवा केन्द्रमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
यसैगरी समाजसेवी हरेकृष्ण प्रसाद सिंह, सुखराम यादब, पुर्व शिक्षा अधिकारी कपलेश्वर मिझार, समाजसेवी मधुसुधन देब महाशिबरात्रीको वारेमा चर्चा गरेका थिए ।
ब्रहमाकुमारी राजयोग सेवा केन्द्रका संचालिका भगवती दिदी, बिहार क्षेत्रकी संचालिका रंजु दिदीले शिबरात्रीको महत्व माथि प्रकाश पारेकी थिइन् ।
कार्यक्रम संचालक दिपक भाईजीले गरेको कार्यक्रममा जिल्लाका सम्पुर्ण ओम शान्ती सेवा केन्द्रका एक हजार भन्दा बढी सदस्यहरूको सहभागीता रहेको ब्रहमाकुमार बालकृष्णले बताए ।
महाशिबरात्रीको अवसरमा ब्रहमाकुमारी राजयोग सेवा केन्द्रले जिल्लाको विभिन्न ठाँउमा एक महिने शान्ती ¥याली, शिव झण्डात्तोलन र प्रवचनको समेत आयोजना गरिने दिपक भाइले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ