News Category 2075/11/20
राजविराजमा खुल्यो शैक्षिक परामर्श केन्द्र
दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
राजविराज एचिभर्स कन्सल्टिङ सर्भिसेसले राजविराजमा शैक्षिक परामर्श केन्द्र शाखाको विस्तार गरेको छ ।
शिवरात्रीको अवसर पारेर सोमबार राजविराजमा एक कार्यक्रम बीच राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले सो शैक्षिक केन्द्रको रिबन काटेर उद्घाटन गरे ।
राजविराज वडा नंं ४ मिनि मार्केटस्थित एक भवनमा शाखाको उद्घाटन गर्दै प्रमुख यादवले जिल्लाबाट शैक्षिक योग्यता हासिल गर्न भारत तथा अन्य मुलुकमा जान इच्छुक विद्यार्थीहरुले शैक्षिक परामर्श केन्द्रबाट उचित सल्लाह सुझाव हासिल गर्न सक्ने बताए ।

उक्त शैक्षिक परामर्श केन्द्रले भारत र बंगलादेशमा पढ्न जाने विद्यार्थीहरुका लागि उचित परामर्श दिने केन्द्रका निर्देशक सुनिल जयसवालले जानकारी दिए । उनले शैक्षिक परामर्श केन्द्र राजविराजसहित बिराटनगर, लहान र नेपालगंजमा समेत संचालनमा रहेको बताए ।
राजविराज एचिभर्स कन्सल्टिङ सर्भिसेसले भारत र बंगलादेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि विभिन्न तयारी कक्षाको समेत संचालन गरेको निदेर्शक जयसवालको भनाई छ । सो केन्द्रमा ब्रिज कोर्स, सिटीइभीटीको इन्ट्रान्स कक्षा तयारीका साथै मेडिकल, इन्जिनियरिङ्ग, म्यानेजमेन्ट, पारा मेडिकल, नर्सिङ्ग, फार्मेसी, लगायतबारे परामर्श दिने जनाइएको छ ।
यसैगरी शाखाबाट बीबीए, बीकम, बीएसी मेडिकल ल्याब साईन्स, ब्याच्ल अफ टुरिजम एण्ड ट्राभल्स म्यानेजमेन्ट, ब्याचलर होटेल म्यानेजमेन्ट एण्ड केट्रिङ्ग टेक्नोलोजि, पोलिटेक्निक डिप्लोमा, विटेक, एमटेक, बीबीए, एमए, बीएसी एर्गीकन्चर, एमसीए लगायत कोर्समा पढन चाहने सप्तरीका विद्यार्थीहरुको लागि ठुलो अवसर रहेको राजविराज शाखाका परामर्शकर्ता कन्सल्टेन्ट रबी जैनले जानकारी दिए ।
राजविराज शाखाका लागि दिपक चौधरी र रवि जैनले परामर्शकर्ताको रुपमा जिम्मेवारी दिएको शैक्षिक परामर्श केन्द्रका निर्देशक जयसवालले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ