News Category 2075/11/20
शिवालयमा श्रद्धालुको घुइँचो

दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
भगवान शिवको पुजा अर्चना गर्दै सोमवार महाशिवरात्री पर्व मनाइएको छ ।
यस अवसरमा हरिनन्देश्वर महादेव मन्दिर, भुतनाथ मन्दिर, लालेश्वरनाथ मन्दिर, डाँक्नेश्वरी मन्दिर, शम्भुनाथ मन्दिर, लगायतका शिवालयमा विहानैदेखि भक्तजनको घुँइचो लागेको थियो ।
यस अवसरमा राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरमा भक्तजनको सर्वाधिक घुँइचो लागेको थियो । यस मन्दिरमा हजारौं भक्तजनहरुले भगवान शिवको पुजा गरेको मन्दिर समितिका अध्यक्ष गोविन्दराम कावराले जानकारी दिए ।
समितिका साथै प्रहरी र अन्य संघ संस्थाले आवश्यक बन्दोवस्तको व्यवस्था गरेकाले भक्तजन सहज रुपमा दर्शन पुजा गर्न पाएका थिए । भक्तजनलाई लक्षित गरी मन्दिर परिसर भित्र पुजा सामग्री, खानेपानी, बेलपत्र, दुध लगायतको व्यवस्था गरिएको थियो ।
दर्शनार्थीको भिडलाई ध्यानमा राख्दै जिल्ला स्थित विभिन्न शिवालयहरुमा गरी करिब ४ सय सुरक्षाकर्मीहरु खटाएको प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जानकारी दिए । दर्शानार्थीहरुका लागि राजविराज जेसिज, सामुदायिक सेवा केन्द्र, विकास सरोकार केन्द्र, ग्रीन नेपाल, मिलन डेरी उद्योग, एनसी इन्जियरिङ्ग कन्स्लटेन्सी, सूर्या लाईफ इन्स्योरेन्स लगायतका संघ संस्थाले आवश्यक प्रसाद सामग्री र स्वच्छ खानेपानीको व्यवस्था मिलाएका थिए ।
मनोकांक्षा पुरा हुने आशामा कतिपय भक्तजन जल चढाउन काँवर बोकेर आएका थिए । बिहानै सप्तकोशीबाट पवित्र जल बोकेर काँवर सहित बोलबमको नारा लगाउँदै पैदलै भक्तजनहरु मन्दिर पुगेका थिए । शास्त्रअनुसार चतुदर्शीमा शिवरात्री मान्ने गरिन्छ । पर्वका दिन शिवको महिमा गाउँदै मिठा परिकार, भांग, धतुरो, बेलपत्र, गाईको दूध, जौं, चन्दन चढाएर पुजा गर्ने चलन रहेको पण्डित रुपकान्त मिश्रको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ