News Category 2075/11/21
लायन्स क्लब सप्तरीद्वारा ६ जना असशक्तलाई ह्विलचेयर प्रदान
दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
लायन्स क्लब अफ सप्तरीको मंगलबार पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा ६ जना अशक्त अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर प्रदान समेत गरिएको छ ।
जिल्लाको खडक नगरपालिका ५ खरचुहिया स्थित आयोजित क्लबको चार्टर तथा प्रेरणा एवं पदस्थापन कार्यक्रममा जिल्लाको खडक नगरपालिका १० बेल्हाका १४ वर्षीया स्मृतिका कुमारी चौधरी, ३४ वर्षीय जिवकान्त चौधरी, वार्ड नं. ५ रञ्जितपुर १५ वर्षीय कृष्णकुमार दास तत्मा, राजगढ गाउँपालिका १ झुटकी १३ वर्षीय अमनकुमार यादव, रुपनी गाउँपालिका २ पौवाँ ९ वर्षीय तेजनारायण यादव, र शम्भुनाथ नगरपालिका १२ अर्नाहा १३ वर्षीय कोसिश शरण चौधरीलाई एक÷एक थान ह्विलचेयर प्रदान गरिएको हो ।
क्लवका गर्भनर प्रधानाङ, प्रदेश २ का भूमी, व्यवस्था तथा कृषि मन्त्री शैलेन्द्रप्रसाद साह, प्रदेश सदस्यहरु रुवीकुमारी कर्ण, गोविन्द न्यौपाने, पूर्व गर्भनर एवं प्रशिक्षक मधुकर उपाध्याय, खडक नगरपालिका प्रमुख हेमायु हक, सुरुङगा नगर प्रमुख मुक्तिनाथ चौधरी, बोदेबरसाइन नगर उपप्रमुख रन्जुकुमारी साह, खडक ५ वडा अध्यक्ष विजयकुमार साह, ८ अध्यक्ष मो. इजराइल लगायतले संयुक्त रुपमा छ जना फरक क्षमता (अपाङ) भएकालाई mबस्सो ह्विलचेयर वितरण गरेर संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरे ।
क्लब सप्तरीका अध्यक्ष धीरेन्द्रप्रसाद साहको अध्यक्षतामा आयोजित पदस्थापन तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा क्लबका स्पोन्सर लायन्स क्लब अफ काठमाण्डौ हाइटका मनोजकुमार सापकोटा, शिवकुमार भट्टराई, गाइड चक्रपानी दहाल, रिजन चेयर पर्सन शंकर शारदा, जोन चेयरपर्सन पाण्डव हमाल लगायतले सप्तरी क्लबलाई चार्टर हस्तान्तरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ