News Category 2075/11/21
जनयुद्ध, मधेश आन्दोलन लगायत बिभिन्न संघर्षमा शहिद भएका परिवारजन सम्मानित
दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
शहिद जनस्मृति प्रतिष्ठान सप्तरीले जनयुद्ध, मधेश आन्दोलन लगायत बिभिन्न संघर्षमा सप्तरीमा शहिद भएका परिवारजनलाई सम्मानित गरिएको छ ।
राजविराजस्थित जिल्ला समन्वय समितिको सभाहलमा शहिद सप्ताहको अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभाका पूर्वउपाध्यक्ष तथा नेकपाका नेता रामप्रति पासवानसहित प्रदेशसभा सदस्य गोबिन्द बहादुर न्यौपाने, संबिधानसभाका पुर्वसभासद मानपुर चौधरी, पुर्वसांसद असर्फी सदा, नेकपाका नेता महेश यादव, बरिष्ठ पत्रकार शिबहरि भट्टराई लगायतले शहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् ।
सो अवसरमा प्रमुख अतिथि पासवानले शहिदहरुको बलिदानीबाट संघीयता, धर्मनिरिपेक्षता लगायतका अन्य परिवर्तन आएको उल्लेख गर्दै सरकारले शहिदहरुको सपना साकार हुने गरि अघि बढ्ेको दाबी गरेका छन् ।
दुई तिहाईको वर्तमान सरकारले सम्बृद्ध नेपाल सुखी नेपालीको नारासहित अघि बढ्ेको बताउँदै उनले सरकारको उक्त अभियानलाई सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट योगदान दिनुपर्ने जिकिर गरे ।
शहिद जनस्मृति प्रतिष्ठान सप्तरीका अध्यक्ष तथा पुर्वमन्त्री उमेश कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा बक्ताहरुले शहिदहरुको बलिदानीबाट प्राप्त भएका उपलब्धीहरुलाई अझै जनताले अनुभुति गर्न नपाएको भन्दै शहिद परिवारको रोजगारी सुनिश्चितता गर्नुपर्नेमा जोड समेत दिए । उनीहरुले शहिद परिवारको आर्थिक अवस्था जर्जर भएको भन्दै उचित रोजगारी तथा शिक्षादिक्षाको व्यवस्था मिलाउनुपर्ने भन्दै सरकारलाई गम्भिर ध्यानाकर्षण गराए ।
कार्यक्रममा नेकपाका नेताहरु शंकर देवकोटा, बेचन चौधरी, भरत महतो, सुखराम यादव, अब्दुल मज्जिद साकिर लगायतले मन्तव्य राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ