News Category 2075/11/21
शौचालय सेफ्टी टयांकीको फोहर पानी बाहिर बग्दा अस्पताल क्षेत्र दुर्गन्धित
दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा फुटेको शौचालय सेफ्टी टयांकीको मरमत तथा सरसफाई नगर्दा अस्पताल क्षेत्र दुर्गन्धित हुन पुगेको छ ।
दुई दिन अघि फुटेको शौचालको सेफ्टी टयांकी मरमत तथा सरसफाई नगरिदा ट्यांकीबाट बाहिर बगिरहेको फोहोर पानी र लेदोका कारण अस्पतालको प्रसुति र जनरल वार्ड क्षेत्र दुर्गन्धित हुन पुगेको हो ।
प्रसुति र जनरल वार्डलाई लक्षित गरी बनाइएका शौचालय समेत फोहर देखिएको छ । सो शौचालयहरुमा जताततै दिसाका थुप्रा रहेकाले शौचका लागि बिरामीका कुरुवाहरु बाहिर रहेका सार्वजनिक शौचालयहरुमा जान बाध्य छन् । राजविराज नगरपालिका १२ का अजित ठाकुरले अस्पतालमा फैलिएको दुर्गन्धका कारण रोग फैलिन सम्भावना बढेको बताए ।
यसैबीच शौचालयको सेफ्टी ट्यांकी फुटेर अस्पतालमा दुर्गन्ध फैलिएको खबर पाएपछि नाक मुख छोप्दै अस्पताल पुगेका राजविराज वडा नं. ५ का अध्यक्ष समिर झा, वडा नं. ७ का अध्यक्ष माँगीलाल नाई, वडा नं. ४ का अध्यक्ष मो. अख्तर बाबा र वडा नं. ३ का अध्यक्ष सुदर्शन सिंहले अस्पताल समितिले समयमै शौचालय सेफ्टी टयांकी र फोहोरमैलाको उचित व्यवस्थापनमा ध्यान नदिदा यस्तो समस्या देखिएको भन्दै यसका लागि आफुहरुले पहल थालेको जानकारी दिए ।
यसबारे अस्पतालका मेडिकल सुररिटेन्डेन्ट डा. चुमनलाल दाससँग सम्पर्कको प्रयास गर्दा उनी काठमाडौं गएको जानकारी गराउँदै अस्पताल विकास समितिका एक अधिकारीले शौचालय मरमत गर्नेतर्फ आवश्यक कार्य सुरु गरिसकेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ