News Category 2075/11/22
बालबिकास केन्द्रमा छात्रछात्राहरूका लागि सुविधा सम्पन्न शौचालय
दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।
बालबालिकालाई रमाईलो बातावरणमा पठनपाठन सँगै सिकाई प्रक्रियामा सहयोग पु¥याउने उद्देश्यले सुबिधा सम्पन्न निर्माणधिन बालविकास केन्द्रको अनुगमन गरिएको छ ।
बुधवार सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको साझेदारीमा बिष्णुपुर गाँउपालिका तथा बिद्यालयको संयोजनमा आयोजित कार्यक्रममा समुन्नती कार्यक्रम अन्तर्गत बालबिकास केन्द्रको निर्माण कार्य सम्पन्न भएको अनुगमन गरिएको हो ।
जनता आधारभुत बिद्यालय मुसहर्नियाँमा आयोजित बालबिकास केन्द्रको भवन र छात्रछात्राहरूका लागि सुबिधा सम्पन्न छुटै शौचालय भवन समेतको निर्माण कार्यको सम्पन्न भएको हो ।
उक्त विद्यालयमा बालबिकास केन्द्र, बालवालिकाहरूको पहुँच हुने गरि निर्माण गरिएको शौचालय तथा संस्थाले बिद्यालयको जिर्ण भवनको समेत मर्मत सम्भार भएपछि यस बिद्यालयका कक्षा १ को तैयारी सँगै बालबालिकाको चौतरफी बिकासमा सहयोग पुग्ने बिश्वास लिएको समुन्नती कार्यक्रमका परियोजना संयोजक उम्देश्वर चौधरीले बताए ।
जिल्लाको बिष्णुपुर गाँउपालिका वडा नम्वर ३ मुसहर्नियाँमा सेभ द सप्तरीको आयोजना तथा सेभद चिल्ड्रेनको सहयोगमा भौतिक पुर्वाधारको अनुगमन गरिएको छ ।
भुकम्प प्रतिरोधात्मक निर्माणधिण बालबिकास केन्द्रमा हालसम्म सेभ द सप्तरी, सेभ द चिल्ड्रेनको सहयोगमा बालबिकास केन्द्रमा १५ लाख ६९ हजार ४ सय ३९ रूपैया, शौचालयमा ११ लाख ७ हजार ७ सय २२ रूपैया, बिद्यालयको कक्षाकोठा मर्मत सम्भार ३ लाख १ हजार ८ सय ५३ र बिद्यालयको बाउन्ड्री मा १ लाख २० हजार ९ सय २२ गरि ३० लाख ९९ हजार ९ सय ३८ रूपैयाको लागतमा निर्माण गरिएको प्राबिधिक सत्यनारायण यादबले जानकारी दिए ।
हालसम्म यस बालबिकास केन्द्र १० लाख ५६ हजार ६ सय २७ रूपैया ७१ पैसा जसमध्ये १९ हजार बिद्यालयले सहयोग गरेको प्राबिधिक सत्य नारायण यादबले बताए ।
उक्त बिधालयमा बालबिकास केन्द्रको भबन नहुदाँ बालबालिकाहरूलाई पठनपाठन तथा सिकाई प्रक्रिया समस्या हुने गरेको अवस्थामा सेभ द सप्तरी र सेभ द चिल्ड्रेनले गरेको सहयोगले बालवालिकाको लागि ठुलो उपलब्धी भएको बिद्यालयका प्रअ देबन यादब बताए ।
बालबिकास केन्द्रमा हाल ३ वटा बालवालिका अध्ययनरत रहेको यस बिद्यालयमा कक्षा १ देखी ८ कक्षा सम्म ३ सय ९१ छात्रछात्राहरू अध्ययनरत रहेको बिद्यालयका प्रअ यादबले जनाएको छ ।
सो अवसरमा सेभ द सप्तरीका अध्यक्ष ध्रुव देब, वडा सदस्य भोला साह, हरिश चन्द मण्डल, चनर देबी रजक, सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम अधिकृत खिलनाथ निरौला, मातृत्व तथा नवजात शिशु स्वास्थ परियोजना संयोजक देबकृष्ण भगत, बृत तथा प्रशासकिय अधिकृत सुरेश यादब, बिद्यालय प्रअ देबन यादब, बिद्यालय ब्यबस्थापन समिति का जिवछ मण्डल, सेभद सप्तरीका प्राबिधिक सत्यनारायण यादब, लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ