News Category 2075/11/23

संघिय सरकार र न्यायालय दुबैद्वारा विभेदकारी भूमिका, राष्ट्रिय आन्दोलनका लागि संघर्षरत सम्पूर्ण पक्षसँग समन्वय गरिदै ः महतो

दैनिक समाचारदाता

संघिय सरकार र न्यायालय दुबैद्वारा विभेदकारी भूमिका, राष्ट्रिय आन्दोलनका लागि संघर्षरत सम्पूर्ण पक्षसँग समन्वय गरिदै ः महतो

दैनिक समाचारदाता
राजविराज, २३ फागुन । 
    राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले संघीय सरकार र न्यायापालिका दुबैले विभेदकारी भूमिका निर्वाहा गरेको आरोप लगाएका छन् । 
    २०७३ साल फागुन २३ गते मधेश आन्दोलनका क्रममा सप्तरीको मलेठ घटनामा ज्यान गुमाएका ५ जना शहिदको दोस्रो पुण्य तिथिको अवसरमा बिहिबार घटना स्थल हाल राजविराज ९ मलेठमा राजपा र फोरमद्वारा संयुक्त रुपमा आयोजित श्रद्घाञ्जली सभालाई सम्बोधन गर्दै नेता महतोले सो अरोप लगाएका हुन् । 


    कैलाली १ बाट राजपाबाट निर्वाचित सांसद रेशमलाल चौधरीलाई जन्मकैद सजाय तोक्ने अदालतको फैसला र संघिय सरकारको भुमिका विभेदकारी भएको भन्दै सरकारले आफूहरुलाई ठूलो धोखा दिएको बताए । १५ हजार बढी जनताले आन्दोलनमा ज्यान गुमाउँदा समेत त्यसको जिम्मेवारी लिएका व्यक्ति देशको प्रधानमन्त्री हुन पाउने तर, १० जना व्यक्तिको हत्याको आरोप लगाएर एउटा थारुलाई आजिवन कारागारको आदेश सुहाउँदो नभएको उनको भनाई । 
    मधेश केन्द्रित दल आफ्नो हक अधिकार र संविधान संशोधन विषयमा राज्यपक्षसँग कडा रुपमा प्रस्तुत हुन नसक्नु र मधेशी दल आफैमा विभाजित रहनुले नै राज्य पक्षले बारम्बार धोखा दिइरहेको उनको भनाई छ । नेता महतोले शासक वर्गले अधिकारका लागि जुनसुकै वर्गले गरेको आन्दोलनलाई विभाजन र फुटको माध्यमबाट सफल हुन नदिएको जिकिर समेत गरे । 
    प्रतिनिधि सभा सदस्य समेत रहेको नेता महतोले अबको आउँदो दिनमा अधिकारका लागि संघर्षरत सम्पूर्ण पक्षसँग समन्वय र सहकार्य गर्दै एकजुट भएर राष्ट्रिय आन्दोलन गर्ने तयारीमा जुटेको स्पष्ट समेत पारे । उनले अधिकारका लागि राष्ट्रिय आन्दोलनको समय र मिति अहिले टुङ्गो लागिनसकेको भन्दै बुधबारदेखी नै सम्पूर्ण पक्षसँग समन्वय र सहकार्यका लागि वार्ता सुरु भइसकेको जानकारी दिए । 

    यस्तै श्रद्धाजली कार्यक्रममा प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले मलेठ घटनालाई बदनाम गराउने उद्देश्यले मानवअधिकार आयोगले प्रतिवेदन सार्वजनिक गरेको आरोप लगाए । उनले मलेठ घटनाको प्रतिवेदन प्रदेश स्तरिय समितिले तयार पारिसकेको भन्दै त्यसलाई सार्वजनिक गर्ने तरखरमा रहेको बताए । प्रतिवेदन सार्वजनिक भएपछि त्यसमा घटनामा दोषि देखिएका जो सुकैलाई प्रदेश सरकारले राष्ट्रिय नभए अन्तराष्ट्रिय अदालत मार्फत पनि कारवाही गर्न पछाडी नपर्ने उनको दाबी छ ।
    उनले मन्त्री परिषदको पहिलो बैठकले नै मधेश आन्दोलनका शहिद परिवारलाई रोजगारी दिने निर्णय गरिसकेको जानकारी दिदै प्रदेशमा उपलब्ध स्वास्थ्य, शिक्षा लगायतका सवै सेवा संविधान उनीहरुलाई उपलब्ध गराउने प्रदेश सरकारको तयारी रहेको बताए । 
    संघिय समाजवादी फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित सभालाई राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र प्रसाद राय यादव तथा सदस्य शरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव, प्रदेश २ का सामाजिक विकास मन्त्री, नवलकिशोर साह, भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, संघिय समाजवादी फोरम नेपालकी उपाध्यक्ष रेणु यादव, राजविराज नगरपालिकाका मेयर शम्भु यादव, फोरम केन्दिय सदस्य भिमराज यादव लगायतले पनी सम्बोधन गरेका थिए । 
    सो सभामा शहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान समते गरिएको थियो । यसैबीच प्रत्येक शहिद परिवारलाई मधेशी निजामति कर्मचारी टे«ड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झाले रु. पाँच हजार नगद आर्थिक सहयोग प्रदान गरेका थिए । 
    यता मलेठ घटनामा सहिद भएकाहरुको सम्झानामा राजविराज नगरपालिकाले विहीवार सार्वजनिक बिदा समेत दिएको छ । बि.स. २०७३ साल फागुन २३ गते नेकपा एमालेले आयोजना गरेको मेचीमहाकाली राष्ट्रिय अभियानका क्रममा सप्तरीको मलेठमा तत्कालिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विरोध गरेपछि भएको झडपका क्रममा प्रहरीले गोली चलाउ्रँदा मलेठका सन्जन मेहता, पिताम्बर मण्डल, बिरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो । 
    सो घटनाका क्रममा मृत्यु भएका पाँचैजनालाई तत्कालिन सरकारले सहिद घोषणा गरेको थियो । सो घटना पश्चात् एमाले मेचीमहाकाली राष्ट्रिय अभियान तत्कालका लागि स्थगित गरेको थियो ।

प्रतिकृया दिनुहोस