News Category 2075/11/24
लौनियाँका कृषक जैविक खेतीतर्फ आकर्षित
चन्दन यादव
राजविराज, २४ फागुन ।
सप्तरीको तिलाठी कोईलाडी गाँउपालीका २ लौनियाँका किसानहरू जैबिक खेतीतर्फ आकर्षित बन्दै गएका छन् ।
कोशी पीडित समाजले कृषक समुहलाई बीउ बिजन, जैबिक मल र कृषी उप शाखा गापाले जैबिक खेती तर्फ आकर्षित गर्न प्राबिधिकहरूवाट १६ हप्ते कृषक पाठशाला कक्षाबाट कृषकहरूलाई जैबिक तरकारी खेती उत्पादन गर्ने तालिम दिएपछि किसानहरू जैबिक खेतीतर्फ आकर्षित हुँदैछन् ।
हरियाली कृषक समुहका संयोजक रामचन्द्र खंगले १५ कठ्ठामा भान्टा, फुलकोभी, बन्दकोभी, गोलभेडा, मुला, खुर्सानीलगायत बालीमा प्रति कठ्ठा १ हजारको लगानीमा १ लाख ५० हजार आम्दानी गरेको जनाएका छन् ।
जैबिक खेतीवाट कम उत्पादन हुने र रसायनिक मल प्रयोगवाट बढी उत्पादन हुने भएकोले जैबिक खेती गर्न चुनौती रहेको उनले बताए । जैबिक खेतीमा थौरै उत्पादन भएपनि तरकारी बढी बिक्री हुदैन, तर स्वास्थको लागि लाभदाय भएकोले यस खेती तर्फ किसानहरु आकर्षित भएको रामजानकी समुहका सदस्य जसोदबी खंग बताउछन ।
यता प्राबिधिक अशोक मण्डलले भने गुणस्तरिय तरकारी उत्पादन, बजारीकरण, बीउ राम्रो नहुनु, गोबरको राम्रोसँग खेतमा प्रयोग गर्ने नजान्दा र चेतनाका कमिका कारण कृषकहरू बालीवाट राम्रो उत्पादन गर्न नसकेको बताए ।
उत्पादन गरेको तरकारी बजारीकरण तथा बजारमा बेच्ने तरिका थाहा नहुदाँ, र त्यसको ब्यबस्थापना गर्न नजान्दा पनि किसानले राम्रो आम्दानी गर्न नसकेको कृषीज्ञान केन्द्र, कृषि अर्थ बिज्ञ किसुनदेब राउतले बताए ।
जिल्ला सल्लाहकार समितिका संयोजक प्रभाकर यादब, गापा अध्यक्ष सतिश सिंह सहितको टोलीले लौनियाँस्थित बाढी पुर्व सुचना, खोज तथा उद्दाार, प्राथमिक उपचार तथा हरियाली कृषक, सहकारी संस्था र बिपद ब्यबस्थापन समितिले शुक्रबार किसानहरुले गरेको क्रियाकलापको अनुगमन समेत गरे ।
सो अनुगमन टोलीमा कोशी पीडित समाज, तिलाठी कोईलाडी गाँउपालिकाको संयोजनमा सल्लाहाकार समितिले बाढी प्रभाबित क्षेत्रमा गरिएको गतिबिधि अनुगमन गरिएको हो ।
केभिएसले लौनियाँमा बिपद ब्यबस्थापन पुर्व तैयारी अन्तर्गत वडास्तरिय बिपद ब्यबस्थापन, खानेपानीको शुद्विकरण, आगलागी, शितलहर, महामारी, जस्ता बिपदवाट जोगिनका लागि घर दैलौ, र अभिमुखिकरण तालिमवाट समुदायलाई सचेत गराउदै आएको वडा अध्यक्ष खगेन्द्र मण्डलले बताए ।
उक्त अनुगमनमा तिलाठी कोईलाडी गाँउपालीका अध्यक्ष सतिश कुमार सिँहले कृषक पाठशाला कृषक समुहलाई जैबिक खैतीतर्फ अझ आकर्षित बनाउन पालिका मातहतका कृषि उपशाखालाई आवश्यक निर्देशन दिएको छ ।
यता वडा अध्यक्ष खगेन्द्र मण्डलले वाढी पछि लौनियाँवासीका बर्षेणी कृषकहरू खडेरी चपेटामा पर्ने गरेकोले पालिका अध्यक्ष क्षेत्रमा डिप वोरिंग जडान गर्न आग्रह गरेको छ ।
जिल्ला सल्लाहाकार समितिका संयोजक प्रभाकर यादबकोे नेतृत्वको टोलीमा तिलाठी कोईलाडी गापा अध्यक्ष सतिशकुमार सिंह, कृषिज्ञान केन्द्रका किसुनदेब राउत, जिल्ला जनस्वास्थ कार्यलय प्रमुख निरन्जन यादब, खानेपानी सरसफाई डिभिजन कार्यलयका रामा प्रसाद साह, कृषि शाखा तिलाठी कोईलाडीका अशोक मण्डल, जिसस सल्लाहाकार बिनोद यादब, केभिएसका देब नारायण यादब, कार्यक्रम संयोजक ज्योतिष यादब, प्रबिण यादब, लौनियाँ केभिएस अध्यक्ष ननुलाल मण्डल लगायतको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ