News Category 2075/11/24

कञ्चनपुरमा मृत अवस्थामा अर्ना फेला

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ फागुन । 
    सप्तरीको कञ्चनरुप नगरपालिकामा कोसी टप्पु वन्यजन्तु आरक्षको एउटा अर्ना मृत अवस्थामा फेला परेको छ ।
    कोशी टप्पु वन्यजन्तु आरक्षबाट गहँु बालि खानको लागि कञ्चनरुप नगरपालिका ६ जमुवास्थित गहुँबारीमा मरेको अर्ना फेला परेको आरक्षका सुचना अधिकृत गनेश प्रसाद तिवारीले जानकारी दिएका छन् । 
    एक महिनादेखि बिरामी अवस्थामा रहेको अर्ना मृत अवस्थामा भेटिएको उनले बताए । यता मृत फेला परेका अर्नालाई कोसी टप्पु वन्यजन्तु आरक्ष र नेपाली सेनाको टोलीले आरक्षतर्फ लगेको स्थानियबासी राजकुमार पासवानले जानकारी दिए ।
    २०७४ सालको गन्नाअनुसार कोशी टप्पु वन्यजन्तु आरक्षमा अहिले ४ सय ४१ वटा अर्ना रहेको आरक्षले जनाएको छ । 

प्रतिकृया दिनुहोस