News Category 2075/11/26
आगलागिमा आठ लाख बढीको क्षति, गाउँपालिकाद्वारा राहत वितरण
दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित सितापुरमा आगलागी हुँदा आठ लाख भन्दा बढीको क्षति भएको छ ।
स्थानीय मिश्रीलाल चौधरीको घरमा विद्युत सर्ट भई आगलागी हुदा निजको एउटा घर र छिमेकी चम्पीलाल चौधरीको एउटा, दुर्गानन्द चौधरीको एउटा भन्सा घर तथा बचकुन चौधरीको समेत एउटा घरमा आगलागी हुँदा सो मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागिमा घरभित्र रहेको नगद जिन्सी, लताकपडा, अन्नपात, भाडार्वतन तथा सरसमान लगायतको जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
यता आगोलाई स्थानियबासी र राजविराज नगरपालिका, हनुमाननगर कंकालीनी नगरपालिकाबाट आएको वारुण यन्त्र तथा ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीको टोलिको सहयोगमा आगो नियन्त्रण लिइएको थियो ।
यसैबीच सो गाउँपालिकाले पीडित परिवारलाई खाद्यान्न वितरण गरेको छ । आइतबार बिहान गाउँपालिका अध्यक्ष परशुराम चौधरी, उपाध्यक्ष मिना चौधरी, वडा नं. ४ का अध्यक्ष तेजनारायण यादव, वडा नं. २ का अध्यक्ष पशुपति चौधरी लगायतले राहत स्वरुप चामल ३५ किलो, च्युरा २६ किलो, नुन १० किलो, खानेतेल ४ लिटर, त्रिपाल ३ थान र भुजिया ३ प्याकेट वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ