News Category 2075/11/26
आगलागिमा आठ लाख बढीको क्षति, गाउँपालिकाद्वारा राहत वितरण
दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित सितापुरमा आगलागी हुँदा आठ लाख भन्दा बढीको क्षति भएको छ ।
स्थानीय मिश्रीलाल चौधरीको घरमा विद्युत सर्ट भई आगलागी हुदा निजको एउटा घर र छिमेकी चम्पीलाल चौधरीको एउटा, दुर्गानन्द चौधरीको एउटा भन्सा घर तथा बचकुन चौधरीको समेत एउटा घरमा आगलागी हुँदा सो मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागिमा घरभित्र रहेको नगद जिन्सी, लताकपडा, अन्नपात, भाडार्वतन तथा सरसमान लगायतको जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
यता आगोलाई स्थानियबासी र राजविराज नगरपालिका, हनुमाननगर कंकालीनी नगरपालिकाबाट आएको वारुण यन्त्र तथा ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीको टोलिको सहयोगमा आगो नियन्त्रण लिइएको थियो ।
यसैबीच सो गाउँपालिकाले पीडित परिवारलाई खाद्यान्न वितरण गरेको छ । आइतबार बिहान गाउँपालिका अध्यक्ष परशुराम चौधरी, उपाध्यक्ष मिना चौधरी, वडा नं. ४ का अध्यक्ष तेजनारायण यादव, वडा नं. २ का अध्यक्ष पशुपति चौधरी लगायतले राहत स्वरुप चामल ३५ किलो, च्युरा २६ किलो, नुन १० किलो, खानेतेल ४ लिटर, त्रिपाल ३ थान र भुजिया ३ प्याकेट वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ