News Category 2075/11/27

“म लेख्न सक्छु” अभियान सुरू 

दैनिक समाचारदाता

“म लेख्न सक्छु” अभियान सुरू 

दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
    समुन्नती कार्यक्रम अन्तर्गत कक्षा कोठामा लेखन सीपको बृद्वी भए नभएको भन्दै लेखन सीप अभियान सोमबार सुरू गरेको छ ।
    सेभ द सप्तरी र सेभ द चिल्ड्रेनको साझेदारीमा आधारभुत बिद्यालय देउरी भरूवामा कक्षा १ देखि ५ सम्मका बाल कक्षाका छात्रछात्राहरूलाई पढाएको कुरा, सीपको बिकास सँगै शिक्षकलाई पनि सजग हुने गरि बालवालिकाको कमजोरीको तथ्यगत पत्ता लगाउन कार्यक्रम लाभदाय हुने विश्वासका साथ अभियान संचालन गरिएको जनाइएको छ । 
    लेखन सीप, बोलाईको सीपको बिकास भएन भएको सम्बन्धमा पनि यस अभियान प्रक्रियामा कतिको सीपमा कतिको छात्रछात्रा स्तरमापनमा बृद्वि भएको कुरा पत्ता लगाउन छात्रछात्रालाई अभ्यास गर्न लागेको सेभ द सप्तरीका फिल्ड अफिसर घुरन यादबले जानकारी दिए ।
    आधारभुत बिद्यालय देउरी भरूवामा बालबिकास देखि कक्षा ५ सम्मका बालवालिकाहरू लेखन सिकाई, माध्यममा सहयोग, हाउभाउ, सांकेतिक भाषामा पकड र बालवालिकाहरूलाई लेखन र पढनका लागि लेखन “म लेख्न सक्छु” अभियान कार्यक्रमले सिकाईमा ठूलो सहयोग पुग्ने राजबिराज नगरपालिकाका शिक्षा संयोजक देबकुमार यादबले बताए ।
    यस्तै ब्यबस्थापन समितिका अध्यक्ष उमेश यादबले बिद्यार्थी अनुपातमा बिद्यालयमा शिक्षकको अभाव रहेकोले पठनपाठन गराउन समस्या हुने गरेको गुनासो गरे ।
    शिक्षा बिकास तथा समन्वय ईकाई कार्यालयले करार शिक्षक नियुक्ती गर्न बिद्यालयलाई भनिए पनि राजबिराज नगरपालिकाले सिफारिस नदिदाँ पठनपाठनमा अबरोध हुने गरेको विद्यालयका प्रअ रामबिलास यादबले गुनासो गरे ।
    उक्त अवसरमा राजबिराज नगरपा२स्लिका शिक्षा संयोजक देबकुमार यादब, बिद्यालयका प्रअ रामबिलास यादब, ब्यबस्थापन समिति अध्यक्ष उमेश यादब, सेभ द सप्तरीका फिल्ड अफिसर घुरण यादब, रामेश्वर यादब, लगायतले लेखन सीप लगायत अन्य कक्षा कोठाको शिक्षण सिकाई बाल कक्षा शिक्षिकाहरूसँगै बिद्यालयको विभिन्न बिषय समेत छलफल गरिएको थियो ।
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट