News Category 2075/11/27

कोशीमा महिलाको शव फेला

दैनिक समाचारदाता

कोशीमा महिलाको शव फेला

दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
    सप्तरीको हनुमाननगर कंकालनिमाई नगरपालिका १ स्थित कोशी ब्यारेज नजिक पानीले बगाएर ल्याएको अवस्थामा एक महिलाको शव फेला परेको छ । 
    ब्यारेज भन्दा ८ सय मिटर दक्षिणमा कोशीको पानीले बगाएर ल्याएको अवस्थामा पहिचान नखुलेको महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । 
    ४ फिट ११ ईन्च लम्बाई, कालो रंगको कपाल, गहुगोरी वर्णकी घाटीमा सुन जस्तो देखिने पहिलो धातुको सिग्री लगाएकी अन्दाजी २० वर्षिया पहाडे मुलको जस्तो देखिने महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस