News Category 2075/11/27

मादक पदार्थ सेवन गरि साइकल चलाएर घर जाँदै गर्दा लडेर मृत्यु 

दैनिक समाचारदाता

मादक पदार्थ सेवन गरि साइकल चलाएर घर जाँदै गर्दा लडेर मृत्यु 

दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
    सप्तरीको अग्निसाइर कृष्णसवरण गाँउपालिका ५ निवासी एक व्यक्तिको मादक पदार्थ सेवन गरि साइकल चलाएर जाँदै गर्दा लडेर मृत्यु भएको छ । 
    सो गाउँपालिका निवासी २९ वर्षिय डिल्लीराम अर्यालको मृत्यु भएको हो । अर्यालले मादक पदार्थ सेवन गरि साईकल चलाएर जाने क्रममा घर नजिकैको पुलबाट लडेर घाइते भएका थिए । 
    घाइते अर्याललाई आफन्तले स्थानिय धर्मेश्वर अस्पताल ठेलीयामा उपचारका लागि भर्ना गरे पनि त्यहा उपचार सम्भव नभएपछि थप उपचारका लगी राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 
    तर, सो अस्पतालमा समेत उपचार हुन नसककेपछि थप उपचारका लागी नोबेल अस्पताल बिराटनगर पठाईएकोमा उपचारका क्रममा उनको सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस