News Category 2075/11/27
होटल रेष्टुरेन्टको स्तरिकरण गर्ने उद्देश्यले अनुगमनसँगै स्टिकर टाँसिदै
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
सप्तरीस्थित होटल रेष्टुरेन्टको स्तरिकरण गर्ने उद्देश्यले सोमबारदेखी सदरमुकाम राजविराजबाट स्टिकर टाँस्दै कार्यको शुभारम्भ भएको छ ।
होटल र रेष्टुरेन्टहरुमा देखिने स्वच्छताको आधारमा अत्ति उत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरि चार किसिमको स्टिकर टाँस गरिने छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग बाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च र पत्रकार प्रतिनिधि सम्मिलित टोलीले अनुगमन तथा खाद्य स्वच्छताको आधारमा होटल र रेष्टुरेन्टको स्तरिकरण गर्दै स्टिकर टाँस्ने कार्यको शुभारम्भ गरिएको हो ।
टोलीले जिल्लाभरका होटल र रेष्टुरेन्टहरुको अनुगमन गरि स्तरिकरण निर्धारण र मापदण्ड अनुसारको स्टिकर प्रदान गर्ने कार्यक्रम रहेको खाद्य तथा प्रविधि डिभिजन कार्यालयका सुरेश कुमार सिंहले जानकारी दिए ।
पहिलो दिन सदरमुकाम राजविराजमा गरिएको अनुगमनको क्रममा अति उत्तम श्रेणीमा कुनै पनि होटल र रेष्टुरेन्ट पर्न नसकेको र कतिपय होटलबाट म्याद गुज्रेका, सडेगलेका, अखाद्यय बस्तु जफत गरि नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
अनुगमन र स्टिकर टाँस्ने क्रममा प्रजिअ पौडेलले अखाद्य बस्तु बितरण नगर्न तथा सरसफाईमा विशेष ध्यान दिन भन्दै होटल र रेष्टरेन्ट संचालकहरुलाई सचेत समेत गराएका थिए ।
सो टोलीमा प्रजिअ पौडेलका साथै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष राजकुमार गुप्ता, खाद्य तथा प्रविधि डिभिजन कार्यालयका सुरेश कुमार सिंह, रमेश दाहाल, उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधान, घरेलु तथा साना उद्योग कार्यालयका खगेन्द्र बुढाथोकी तथा पत्रकार सहभागि छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ