News Category 2070/10/15
सञ्चार मन्त्रालयद्वारा सप्तरीका दुई वटा एफएमको इजाजतपत्र रद्द
दैनिक संवाददाता
राजविराज, १४ माघ ।
सूचना तथा संचार मन्त्रालयले सप्तरीको दुई वटा एफएम रेडियोको इजाजत पत्र (लाइसेन्स) रद्द गरेको छ । मन्त्रालयले दर्ता भएर प्रशारणमा रहेको एक तथा दर्ता भएर प्रशारण शुरु नभएको एउटा गरी दुई वटा एफएमको इजाजत पत्र (लाइसेन्स) रद्द गरेको हो ।
संचार मन्त्रालयले २०६९ साल फाल्गुन ३० गते नै राजविराजबाट प्रशारण हुँदै आएको अप्पन एफएम १०४.६ मेगाहर्ज तथा दर्ता भएर पनि प्रशारण हुन नसकेको रेडियो मधेश १०२.२ मेगाहर्जको इजाजत पत्र खारेज गरिसकिएको छ ।
मन्त्रालयले यो दुई एफएमसहित मुलुकभरका २८ वटा एफएमको इजाजत पत्र रद्द भएको जनाएको छ ।
गौना संचार समूहद्वारा प्रशारित अप्पन एफएमको इजाजत पत्र रद्दपछि पनि प्रशारणमा रहेको छ । यो एफएमको इजाजत नम्बर ४०० रहेको थियो ।
राष्ट्रिय प्रशारण नियमावली, २०५२ को नियम ९ को क ले तोकेको समयभित्र प्रशारण प्रारम्भ नगरेका कारण २८ रेडियोको प्रशारण रद्द गरिएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय प्रशारण नियमावली, २०५२ को १ मा इजाजतपत्र वा अनुमति पत्र प्राप्त व्यक्ति वा संगठित संस्थाले इजजातपत्र वा अनुमति पत्र पाएको मितिले १२ महिनाभित्र आफ्नो प्रशारण प्रारम्भ गर्नुपर्ने व्यवस्था रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/02 जेनजी आन्दोलनका क्रममा सहिद भएकाहरुको सम्मानमा दिप प्रज्वलन
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ