News Category 2070/10/15
सञ्चार मन्त्रालयद्वारा सप्तरीका दुई वटा एफएमको इजाजतपत्र रद्द
दैनिक संवाददाता
राजविराज, १४ माघ ।
सूचना तथा संचार मन्त्रालयले सप्तरीको दुई वटा एफएम रेडियोको इजाजत पत्र (लाइसेन्स) रद्द गरेको छ । मन्त्रालयले दर्ता भएर प्रशारणमा रहेको एक तथा दर्ता भएर प्रशारण शुरु नभएको एउटा गरी दुई वटा एफएमको इजाजत पत्र (लाइसेन्स) रद्द गरेको हो ।
संचार मन्त्रालयले २०६९ साल फाल्गुन ३० गते नै राजविराजबाट प्रशारण हुँदै आएको अप्पन एफएम १०४.६ मेगाहर्ज तथा दर्ता भएर पनि प्रशारण हुन नसकेको रेडियो मधेश १०२.२ मेगाहर्जको इजाजत पत्र खारेज गरिसकिएको छ ।
मन्त्रालयले यो दुई एफएमसहित मुलुकभरका २८ वटा एफएमको इजाजत पत्र रद्द भएको जनाएको छ ।
गौना संचार समूहद्वारा प्रशारित अप्पन एफएमको इजाजत पत्र रद्दपछि पनि प्रशारणमा रहेको छ । यो एफएमको इजाजत नम्बर ४०० रहेको थियो ।
राष्ट्रिय प्रशारण नियमावली, २०५२ को नियम ९ को क ले तोकेको समयभित्र प्रशारण प्रारम्भ नगरेका कारण २८ रेडियोको प्रशारण रद्द गरिएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय प्रशारण नियमावली, २०५२ को १ मा इजाजतपत्र वा अनुमति पत्र प्राप्त व्यक्ति वा संगठित संस्थाले इजजातपत्र वा अनुमति पत्र पाएको मितिले १२ महिनाभित्र आफ्नो प्रशारण प्रारम्भ गर्नुपर्ने व्यवस्था रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
- 2082/12/18 सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
- 2082/12/18 चैते धानबालीको उत्पादनमा वृद्धि हुने
- 2082/12/18 आजदेखि एसईई परीक्षा, परीक्षा मर्यादित होस्
- 2082/12/17 काजमा रहेका पाँच चिकित्सक गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता
- 2082/12/16 पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
- 2082/12/16 काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ