News Category 2075/11/27
प्रदेश क्रिकेट टिममा सप्तरीका खेलाडी नपरेको भन्दै पुर्नविचार गर्न माँग
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
सप्तरी यूथले मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि प्रदेश २ स्तरीय क्रिकेट टोलीमा सप्तरीका एक जना पनि खेलाडी नपरेको भन्दै टिमबारे पुर्नविचार गर्न माँग गरेको छ ।
सप्तरी यूथका अध्यक्ष श्रवण कुमार देवद्वारा सोमबार जारि विज्ञप्तिमा प्रदेश २ को आठ जिल्लामध्ये सप्तरी जिल्ला पनि क्रिकेटमा आफ्नो छुट्टै महत्व बनाएको भन्दै जिल्लाबाट अन्तर्राष्ट्रियस्तरको खेलमा किर्तिमानी कायम गर्ने युवा खेलाडी महबुब आलमलाई उत्पादन गरेको स्मरण समेत गराएको छ ।
प्रदेश २ को सरकारमा सप्तरीकै सामाजिक विकास मन्त्री भएपनि क्रिकेट टिम बनाउँदा सप्तरीकै खेलाडीलाई नपार्नु बिडम्बना हो भन्दै यस्ता कार्यको सप्तरी युथले विज्ञप्ति मार्फत भत्र्सना गरेको छ ।
१२ महिना नै क्रिकेटको गतिविधी गरिएपछि जिल्लामा राम्रैस्तरका खेलाडीहरु उत्पादन हुँदै आउँदा समेत बिभिन्न समयमा हुने जिल्ला र प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताहरु जितेर सप्तरीले त्यो कुरा घाम झैं छर्लङ् पारिसकेको उल्लेख भएको जनाउँदै सप्तरीमै पहिलो पटक युवा महिलाहरुलाई क्रिकेट सम्बन्धी प्रशिक्षण दिदैं प्रतियोगितामा समावेश गराइएको छ ।
साथै विज्ञप्ति मार्फत बनाइएको क्रिकेट टिमबारे पुर्नविचार गरी सप्तरीका युवा खेलाडीहरुलाई पनि समावेश गर्न र सप्तरी यूथको माँगलाई सम्बन्धित निकायले गम्भीरतापूर्वक लिनु पर्ने सुझाव समेत दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ