News Category 2075/11/28
एनआईसी एशियाको २ सय ७९ शाखा महदेवामा संचालन
दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
सप्तरीको महदेवा गाउँपालिकामा मंगलबार एनआईसी एशिया बैंकले आप्mनो २ सय ७९ शाखाको रूपमा बिस्तार गरेको छ ।
महदेवा गाँउपालिका ६ स्थित महदेवामा गाउँपालिका अध्यक्ष दिपक कुमार यादबले कार्यालयको बिधिवत रुपमा रिबन काटेर उदघाटन गरे ।
सो कार्यालय उद्घाटन कार्यक्रममा बैंकका प्रदेश २ कार्यालय प्रमुख प्रकाश चन्द्र अधिकारीले कृषिलाई ब्यबसायमुखी बनाउन पुजीको आबश्यकताको आधारमा बृत सहयोग गर्न शाखा बिस्तार गरेको जानकारी दिए । कर्जा र रेमिटान्समा कम लागतमा सेवा सुबिधा दिने बताउँदै बाहिर पैसा पठाउदा अरू बैंक भन्दा ५० प्रतिशत सहुलियत दरमा सेवा दिने उनको दाबी छ ।
प्रमुख अधिकारीले जुन जग्गामा कृषि गर्नुपर्ने छ, त्यही जग्गालाई धिता राखेर सहुलियत दरमा कर्जा उपलब्ध गराउने जानकारी समेत दिए ।
यस्तै कार्यक्रममा प्रदेश २ का उपकार्यालय प्रमुख बिबेक बन्धु न्यौपानेले जनतालाई आर्थिक क्रियाकलपामा सहयोग पुग्ने बताउदै नेपाल सरकार र राष्ट्र बैंकको निर्देशन बमोजिम प्रत्येक स्थानिय तहमा शाखा बिस्तार गर्ने लागेको बताए ।
सो अवसरमा महदेवा शाखा प्रबन्धक मानबहादुर चौधरी, शाखा नं. ६ का अध्यक्ष उमेश यादब, वडा नम्वर १ का जसो दास, राजबिराज शाखा प्रमुख मुकेश साह, तिरहुत शाखा प्रमुख नन्दकिशोर गुप्ता, पत्रकार मनोहर पोखरेल, चन्दनकुमार यादब, अरूण यादब, बैकका गोपाल सुबेदी लगायतले शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ