News Category 2075/11/29
दुई सातादेखि विद्यालय नगएका छात्र मृत फेला, २६ वर्षिया महिलाद्वारा आत्महत्या

दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
राजविराजस्थित ह्यापील्याण्ड सेकेन्ड्री स्कूलमा कक्षा ९ मा अध्ययनरत १८ वर्षिय गौतम यादव बुधवार आफ्नै डेरामा पंखाको फलामे रडमा गम्छा बाँधेर झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
सप्तरीको तिरहुत गाउँपालिक ५ लोहजारा निवासी कुलानन्द यादवका १८ वर्षिय छोरा गौतम अध्ययनकै लागि राजविराज ३ स्थित चलितर साहको घरमा एउटा कोठा भाडामा लिई बस्दै आएका थिए । यता डेरा नजिकै रहेको विद्यालय विगत दुई सातादेखि उनी गएका थिएनन ।
यसअघि घरधनी साहले बुधवार विहान उनी बस्ने कोठामा कुनै हलचल नदेखेपछि शंका लागेर प्रहरीलाई खबर गरेको बताए ।
जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले मुचुल्का उठाई गौतमको शव पोष्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याएको छ ।
यसैबीच बुधवारै सप्तरीको कन्चनपुर नगरपालिका ५ मा एक महिलाले आत्महत्या गरेकी छिन् ।
सो वडाको पिप्रा पुर्व गाउँ बस्ने २६ वर्षिया माला चौधरीले घाटीमा साडीको पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
घर पछाडि रहेको आँपको रुखमा साडीको पासो लगाई झुण्डिएको अवस्थामा उनको मृत शरिर फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ