News Category 2070/10/16
सामुहिक पहल र प्रयत्न भए जिल्लालाई खुल्ला दिशामुक्त बनाउन सम्भव
दैनिक संवाददाता
राजविराज, १५ माघ ।
सामुहिक पहल र प्रयत्न भए सन् २०१६ सम्ममा सप्तरी जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला बनाउन सम्भव रहेको राजविराजमा बुधवार आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
जिल्ला खानेपानी तथा सरसफाई समन्वय समिति सप्तरीद्वारा राजविराजस्थित जेसीज भवनमा आयोजित खुल्ला दिशामुक्त क्षेत्र घोषणा सम्बन्धि राजनीतिक दल, सरोकारबाला तथा पत्रकारहरुसँग एक दिने अभिमुखीकरण गोष्ठीका बक्ताहरुले सो कुरा बताएका हुन् ।
कुनै एक पक्ष वा कसैले प्रयत्न गर्दैमा जिल्ला खुल्ला दिशामुक्त घोषणा हुन नसक्ने बताउँदै बक्ताहरुले चर्पी निर्माणसँगै शौचालयमै दिशापिसाब गर्न जनचेतना जगाउनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा राष्ट्रिय सरसफाई समन्वय समितिका सदस्य सचिव रामचन्द्र साहले सप्तरीसहितका तराईका जिल्लालाई प्राथमिकतामा राखेर खुल्ला दिशामुक्त कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै सामुहिक पहल र प्रयत्न भए २०७२ सालसम्ममा सप्तरीलाई खुल्ला दिनमुक्त जिल्ला बनाउन सकिने बताउनुभयो ।
उहाँले सप्तरीका २१ प्रतिशत जनतासँग मात्र चर्पी रहेको र करिब ७९ प्रतिशत जनता अझै खुल्ला रुपमा दिशापिसाब गर्न बाध्य रहेको बताउनुहुँदै खुल्ला दिशापिसाबलाई निरुत्साहित गर्न सबैपक्षको पहल र प्रयत्न आवश्यक रहेको बताउनुभयो ।
जिल्ला खानेपानी तथा सरसफाई समन्वय समिति सप्तरीका अध्यक्ष तथा स्थायिन बिकास अधिकारी कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरकिा प्रमुख राजकुमार यादवले जिल्ला खुल्ला दिशामुक्त बनाउन जिल्लाभरी चर्पी निर्माणका काम भईरहेको बताउनुभयो ।
उहाँले जिविस र गाविस कार्यालयसँग सहकार्य गरी जिल्लाभरी चर्पी निर्माणका कामलाई तिब्रता दिएको बताउँदै सबैपक्षको पहल र प्रयत्नले मात्र खुल्ला दिशामुक्त बनाउने लक्ष्य पुरा हुने बताउनुभयो ।
कार्यक्रममा राजविराज नगरपालिकाका प्रमुख बिष्णुप्रसाद गुरुङ, युनिसेफका माधव पहाडी, नेकपा एमालेका जिलला अध्यक्ष गोबिन्द न्यौपाने, नेपाल सद्भावना पार्टी गजेन्द्रबदीका अध्यक्ष बिकास तिवारी, राष्ट्रिय मधेश समाजवादी पार्टिका जिल्ला संयोजक गजेन्द्र मण्डल, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष धीरेन्द्र प्रसाद साह, बरिष्ठ पत्रकार शिबहरि भट्टराई, सगरमाथा आपाङ कल्याण संघ सप्तरीका अध्यक्ष बलदेव मण्डल लगायतले बोल्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ