News Category 2075/11/30
सप्तरीमा आत्महत्या घटना बढ्दै, फागुन महिनामा दश जनाले गरे आत्महत्या
दैनिक समाचारदाता
राजविराज, ३० फागुन ।
केही समय यता सप्तरीमा आत्महत्याका घटना बढेका छन् । फागुन महिनाको ३० दिने अवधिमा आत्महत्या गर्नेको संख्या १० पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक भावेश रिमालका अनुसार यस अवधिमा झुण्डिएर ७ र विषसेवनबाट ३ गरी १० जनाले ज्यान गुमाएका छन् । आत्महत्या गर्नेमा ६ पुरुष र ४ महिला छन् भने जसमध्ये अधिकांश युवायुवतीहरु छन् ।
प्रहरी तथ्यांक अनुसार गत साउनदेखि फागुन मसान्तसम्म जिल्लामा कुल ३९ जनाले आत्महत्या गरेका छन् । जसमध्ये महिलाको संख्या २३ र पुरुषको संख्या १६ रहेको छ ।
यसरी आत्महत्या गर्ने अधिकांश घटनामा प्रेम प्रसंगसँग जोडिएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ । त्यसपछि गरिबी, निराशा, घरायसी तनाव, परीक्षामा असफलता लगायतका कारणहरु पनि आत्महत्याको कारक बन्ने गरेको पाइएको छ ।
कतिपय केशमा उपचारका लागि पैसाको जोहो गर्न नसक्दा र ऋणको भारले थिचिदै जाँदा चिन्ताले पनि आत्महत्याको बाटो रोज्ने गरेको पाइएको चिकित्सक तथा प्रहरी अधिकारीहरुको भनाई छ ।
यता एकपछि अर्को आत्महत्याका घटनाले स्थानीय समाजमा चिन्ता समेत बढाएको छ । बुधबार मात्र दुई जनाले आत्महत्या गरेको घटना नसेलाउँदै बिहीवार राजविराज नगरपालिका ७ बस्ने ४५ वर्षिय रामदयाल साहले आत्महत्या गरेका छन् ।
उनले आफ्नै घरमा पंखा लगाउने प्रयोजनका लागि जडान गरिएको फलामे रडमा साडी बाँधेर आत्महत्या गरेको प्रहरी प्रवक्ता एवं सूचना अधिकारी समेत रहेका डिएसपी रिमालले बताए ।
राति खाना खाएर सुतेका उनी बिहीवार बिहान झुण्डिएर मृत अवस्थामा फेला परेपछि छरछिमेकले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मुचुल्का उठाई साहको शव पोष्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल पु¥याएको छ ।
यसअघि बुधवार मात्र जिल्लाको राजविराज नगरपालिकामा अध्ययनका लागि डेरा लिई बस्दै आएका तिरुहुत गाउँपालिका ५ का १७ वर्षिय गौतम यादवले आत्महत्या गरेका थिए ।
त्यसको एक घण्टा नबित्दै कन्चरुप नगरपालिका ५ कि २५ वर्षिया कल्पना चौधरीले पनि आप्mनै घर पछाडिको आँपको रुखमा साडीको पासो लगाई झुण्डिएर आत्महत्या गरेकी थिइन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ