News Category 2075/12/01
सामुहिक बलात्कार काण्डका दोषिलाई १३ वर्ष कैद
दैनिक समाचारदाता
राजविराज, १ चैत ।
चार वर्ष अघि भएको सामुहिक बलात्कार काण्डको अभियोगमा पक्राउ परेका तीन जना युवालाई जिल्ला अदालतले १३ वर्ष कैद सजाय दिएको छ ।
न्यायाधिश उमेश कोइरालाको एकल इजलासले राजविराज नगरपालिका ४ का २३ वर्षिय शम्भु साह, राजविराज ८ का २८ वर्षिय नविन दत्त र राजविराज ९ का २० वर्षिय फुदिन खानलाई सो कैद सजाय दिइएको हो ।
२०७१ साल चैत १३ गते एसएलसी परीक्षा दिएर घर फर्कदै गरेकी राजविराजकै एक १६ वर्षिया सहपाठीलाई उनीहरुले सामुहिक बलात्कार गरेका थिए ।
उनीहरुलाई बलात्कारको कसुरमा ८ र सामुहिक बलात्कारको कसुरमा थप ५ वर्ष गरी १३ वर्ष कैद सजाय फैसला गरिएको जिल्ला अदालतका श्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिएका छन् ।
पीडित पक्षको उजुरीको आधारमा सोही दिन बलात्कृत किशोरीको स्वास्थ्य परिक्षण र उपचार सुरु गराई प्रहरीले आरोपितहरुलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
बलात्कारका आरोपीलाई कडा कारवाहीको माग गर्दै आफन्त र विभिन्न संघ–संस्थाले त्यतिबेला दिनहुँ प्रदर्शन गर्दै आएका थिए । अदालतको फैसलाबाट परिवारजन तथा त्यतिबेला आन्दोलनरत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले खुशी व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ