News Category 2075/12/02
आगलागीले आठ परिवारको दश घर नष्ट
राजविराज÷सप्तरीको सुरुङ्गा नगरपालिका ९ मा शनिवार दिउँसो भएको आगलागीमा दश घर तलस्नष्ट भएको छ भने सो आगलागिका कारण अन्दाजी ३६ लाख मुल्य बराबरको क्षति भएको छ ।
वडा नं. ९ प्रमाणपुरस्थित बद्री मण्डलको घरबाट दिउँसो १ बजे सल्केको आगो समयमा नियन्त्रण गर्न नसक्दा आठ परिवारको १० घर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागिले बद्री मण्डलका साथै छिमेकी विद्या मण्डल, भदै मण्डल, मनोज मण्डल, भोला मण्डल, शिवा मण्डल, दशरथ मण्डल र अधिकलाल मण्डल लगायत आठ परिवारलाई बेघर बनाएको छ । बिहानैदेखि हावा चलेकाले आगो सल्किना साथ धेरै घरछोटो समयमै जलेको पीडितहरुले बताएका छन् ।
आगो एक घण्टाको प्रयासपछि मात्र नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा लिन शम्भुनाथ र लहान नगरपालिकाको वारुणयन्त्रका साथै स्थानीयवासी, प्रहरी र सेना सक्रिय थिए । आगलागिको कारण खुल्न नसके इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।
यता गर्मी मौसमको शुरुआतसँगै चल्ने हावाहुरीले सप्तरीमा एक साता यता करिब आधा दर्जन आगलागिका घटनामा ७५ लाख रुपैया बराबरको क्षति भइसकेको राजविराज नगरपालिका वारुणयन्त्र विभागको तथ्यांकले देखाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ