News Category 2075/12/03
बिपन्न परिवारका बालबालिकाका लागी तरकारीखेती प्रभावकारी बन्दै
चन्दनकुमार यादव
राजबिराज, ३ चैत ।
दौलतपुरका बिपन्न परिवारका बालवालिकामा गरिएको लगानीले तरकारी खेती प्रभावकारी बन्दै गएको छ ।
सप्तरीको सुरूङ्गा नगरपालिका ३ दौलतपुर, लक्ष्मीपुरका बिपन्न बस्तीका लागि सुमन्नती कार्यक्रमको अतिरिक्त क्रियाकलाप अन्तर्गत बालबच्चामा लगानी लगाउने उद्देश्यले उनीहरूको जिविकोपार्जनका लागि तरकारी खेती प्रभावकारी बनेको हो ।
यस बस्तीका लागि १५ घरधुरीका लागि २ बिगाहा १० कठ्ठा जग्गा ४५ हजारमा लिजमा लिई सहयोग गरेपछि उनीहरू तरकारी खेतीवाट आयआर्जन गरी बालबच्चामा लगानीसँगै आत्मनिर्भर भएका छन् ।
सबल नेपाल, सेभ द चिल्ड्रेन र सुरुङ्गा नगरपालिको संयुक्त साझेदारीमा संचालित सुमन्नती कार्यक्रम अन्तर्गत लक्ष्मीपुरका बिपन्न परिवारलाई जग्गा लिजमा, बिउबिजन, प्राबिधिक, जैबिक मल सहयोग गरेपछि तरकारी खेती तर्फ उनीहरु आकर्षित भएका हुन् ।
सो खेतीवाट गुलाब महिला कृषक समुह लक्ष्मीपुरका ९ जनाले यस बर्षको तरकारी खेतीवाट २ लाख ५० हजार भन्दा बढी आम्दानी गरेको कृषक बिकुरामले बताए । उनले भने, “तरकारी खेतीवाट बालवच्चाको स्वास्थ, शिक्षामा लगानी, उनीहरूको पालनपोषण र परिवारको गुजारा तथा केही आम्दानी समेत गर्ने गरेको छु ।”
उनले थपे, “यसअघि हामीहरु घरपरिवार गुजारा गर्न जंगलमा दाउरा ल्याएर बेच्थे तथा अरूको खेतमा मजदुरी गरेर गुजारा गथ्र्याै तर, जबदेखी सबल नेपालले तरकारी खेतीका लागि सहयोग ग¥यो, तबदेखी हामी आत्मनिर्भर बन्दै गयौं ।”
यस्तै समुहका अर्की सदस्य असिया देबी रामले ५ कठ्ठा जग्गामा काउली, बन्दा, खुर्सानी, टमाटर, सागबाट ३५ हजार आम्दानी गर्ने गरेकी छिन् । त्यस्तै संजु देबी रामले ५ कठ्ठामा लगाएको तरकारी खेतीवाट २० हजार आम्दानी गरेको बताईन ।
सोही समुहका पलास सदा, प्रभादेबी सदा र शोभा देबी सदाले पनि काउली, बन्धा बेचेर १५ हजार देखि २५ हजार सम्मको आम्दानी गरेको बिकु रामले बताए ।
बिपन्न बर्गका पहिचान गरि यस भेगका बालवालिकामा लगानी हुने उद्देश्यले उनीहरूको अभिभाबकलाई आफ्नो कमाईबाट बालबालिकामा लगानी लगाउन नसक्ने परिवारलाई जग्गा लिजमा, बिउ बिजन, प्राबिधिक सहयोग र अभिमुखिकरणबाट सचेत गराई आत्मनिर्भर बनाउन लागेको सबल नेपालका फिल्ड अफिसर रोशन मण्डलले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ