News Category 2075/12/03
राजसंस्था बारे जनताले जवाफ दिने छन् ः पूर्वराजा शाह
दैनिक समाचारदाता
राजविराज, ३ चैत ।
तराई मधेशको धार्मिक भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहले भ्रमणको अन्तिम दिन आईतबार मुलुककै प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता भगवती मन्दिरको दर्शन गर्दै पुजापाठ गरेका छन् ।
फागुन २९ गतेदेखी तराई मधेशको धार्मिक भ्रमणमा रहेका पूर्वराजा शाह आइतबार सप्तरी सदरमुकाम राजविराज हुँदै सुरक्षा स्कटिङ्ग सहित दर्शनका लागी मन्दिर पुगेका थिए ।
यसअघि उनी बि.स. २०५९ साल पौष १९ गते पनि यस मन्दिरमा पुजापाठ गरेका थिए । दिउसो ४ः३० बजे छिन्नमस्ता मन्दिर पुगेका शाहले पिठाधिश महाकान्त ठाकुरको सहयोगमा मन्दिरमा विशेष पुजा गरेका थिए । करिब २० मिनेट पुजाआजा गरेपछि उनी सर्वसाधारण जनता सँग भेटघाट गरेका थिए ।
मन्दिरको दर्शनपछि उनी केही बेर मन्दिरको सभाकक्षमा राप्रपा संयुक्तका केन्द्रिय सदस्य एवम तराई मधेश विभागका प्रमुख महमाया प्रसाद सिंह, मुल स्वागत समारोह समितिका संयोजक बिनोद पाण्डे लगायत एक दर्जन अगुवा समर्थकसँग भेट गरेका थिए ।
यसैबीच पूर्व राजासँग सप्तरीका संचारकर्मीहरुले राजसंस्था पुनः फर्किने सम्भावना बारे राखेको जिज्ञासाको जवाफमा उनले भने, “यो कुरा जनतासँगै नै सोध्नुस उचित जवाफ पाउनु हुनेछ ।” देशको अवस्थाबारे संचारकर्मीहरुले राखेको अर्को जिज्ञासाको जवाफमा उनले भने, “यो कुरा मलाई नसोध्नुस ।” भन्दै उनी गाडी तर्फ लागेका थिए ।
.jpg)
मन्दिरमा पुजापाठ गर्न आउनु अघि उनलाई राजविराजमा शुभेच्छुक तथा समर्थकहरुले भव्य स्वागत गरेका थिए । उनको स्वागतका लागी ठुलो संख्यामा राप्रपा संयुक्त, राप्रपा नेपाल, नेपाल विद्वत परिषद, शिव सेना नेपालका स्थानिय अगुवा तथा कार्यकर्ता सहित राजावादीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

पूर्व राजा शाहको स्वागतका लागी भेला भएका समर्थकहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्रणभन्दा प्यारो छ, ज्ञानेन्द्र सरकार जिन्दावाद जस्ता नारा लगाएका थिए ।
यता पूर्वराजा शाहको आगमणका कारण सुरक्षा व्यवस्था कडा पारिएको थियो । नेपाल र सशस्त्र प्रहरी बिहानैदेखि उनी पुग्ने मार्ग र मन्दिर आसपास ठुलो संख्यामा परिचालित थिए । उनी आईतबारै झापको दमक तिर लागेको मुल स्वागत समारोह समितिका संयोजक पाण्डेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ