News Category 2075/12/04
गृह जिल्लामा नचिनिने अजित स्वर्ण पदक पाएपछि एकाएक चर्र्चित, प्रदेश सरकारले यादवलाई पाँच लाख धनराशीले पुरस्कृत गर्ने
दैनिक समाचारदाता
राजविराज, ४ चैत ।
हङकङमा सम्पन्न तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा आइतबार स्वर्ण जितेका सप्तरीका अजित कुमार यादवको गृह जिल्लामा खुशियाली छाएको छ ।
सप्तरी सदरमुकाम राजविराज वडा नं. १२ साविकको विषहरिया गाविस ९ जन्मस्थल रहेको अजितले एथलेटिक्समा स्वर्ण पदक ल्याएपछि अहिले जिल्लावासी माँझमा उनी एकाएक चर्चित भएका छन् । हाल राजविराज ३ निवासी अजितका बुबा पवनकुमार यादव सशस्त्र प्रहरी बल सुनसरीमा प्रहरी वरिष्ठ हवल्दार पदमा कार्यरत छन् ।
यसैबीच प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साहले सप्तरी निवासी अजित कुमार यादव एशियाली एथलेटिक्समा स्वर्ण पदक जितेर मधेशको शिर उच्च पारेको भन्दै प्रदेश सरकारको तर्फबाट ५ लाखको धनराशिद्वारा पुरस्कृत गर्ने सोमबार जानकारी दिएका छन् ।
यस्तै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वर्ण पदक बिजेता यादवलाई सामाजिक संजालमा ट्वीट गर्दै लेखेका छन्, “सप्तरीको राजविराज घर भएका अजितकुमार यादवले नेपाललाई एसियाली युथ एथलेटिक्समा पहिलो पटक स्वर्ण पदक दिलाएकोमा उहाँलाई प्रदेश नं. २ सरकार तथा प्रदेशवासीको तर्फबाट बधाई दिन चाहन्छु । तथा थप सफलताका लागि शुभकामना समेत दिन चाहन्छु ।”

गत वर्ष विद्यालयस्तरिय राष्ट्रपति कप प्रतियोगितामा जिल्लाबाट दोश्रो भएपछि उनी सशस्त्र प्रहरी बल एपीएफमा आवद्ध भए । घरेलु प्रतियोगितामा नेपाल एपीएफ क्लबबाट खेल्ने उनले पुरुष ३ हजार मिटर दौडमा स्वर्ण जितेका थिए ।
अजितले निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेन्डमा पूरा गरे । युथ एथलेटिक्समा नेपालबाट अजित एक्लो सहभागी खेलाडी हुन् । अजितबाहेक उक्त स्पर्धामा भारत, यमन र आयोजक हङकङबाट २–२ तथा जापान, कोरिया, ओमन, इरान, काजकिस्तान, इन्डोनेसिया, जोर्डन र भुटानबाट १–१ खेलाडीले सहभागिता जनाएका थिए । ८ मिनेट ३६.३४ सेकेन्डमा भारतका अमित जान्गिर दोश्रो तथा ८ मिनेट ३८.६० सेकेन्डमा यमनका गमिल अल हमाटी तेश्रो स्थानमा रहे ।
अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आईएएएफ) द्वारा मान्यता प्राप्त र एसियाली एथलेटिक्स महासंघले आयोजना गर्ने अफिसियल एसियाली च्याम्पियनसिपमा नेपाली खेलाडीले जितेको यो पहिलो स्वर्ण हो । समग्रमा भने यो दोश्रो पदक हो ।
४५ वर्षअघि (१९७३) फिलिपिन्सको मनिलामा भएको एसियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा जितबहादुर केसीले म्याराथनमा कांस्य जितेका थिए । त्यो कांस्य अन्तर्र्रािष्ट्रय प्रतियोगितामा नेपालले जितेको पहिलो पदक पनि हो ।
यसअघि आइतबार राती स्वर्ण पदक बिजेता यादवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ