News Category 2075/12/05
राष्ट्रिय अखण्डताको पक्षमा नेवि संघको जागरण अभियान
दैनिक समाचारदाता
राजविराज, ५ चैत ।
जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका स्तरीय राष्ट्रिय अखण्डताको पक्षमा सप्तरीबाट जागरण अभियान सुरु भएको छ ।
नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सप्तरी द्धारा “स्वतन्त्रता, स्वाभिमान र एकताको पहिचान, राष्ट्रिय अखण्डता हाम्रो अभियान“ भन्ने मुल नाराको साथ नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिती सप्तरीले सो अभियान सुरु गरेको हो ।
तिलाठी कोईलाडी गाउपालीकाको श्री पब्लिक माध्यमिक विद्यालय लौनिया तिलाठीको बैठक कक्षमा आयोजित कार्यक्रमको प्रमुख आतिथि नेपाली कांग्रेसका महासमिति सदस्य डा. अनिल कुमार झा रहेका थिए ।
सो कार्यक्रममा नेता झाले विखण्डनकारी सिके राउतलाई समाजबाट बहिष्कार गर्नु पर्ने भन्दै मधेसका जनता पूर्ण रूपमा राष्ट्रिय एकता, स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसता र अखण्डताको रक्षा गर्ने सदैव प्रतिबद्ध रहेको बताए ।
ने.वि.संघ सप्तरीका जिल्ला अध्यक्ष पार्थो सरकारको अध्यक्षता सप्पन्न कार्यक्रमको विशिष्ट अतिथि नेपाली काँग्रेस क्षेत्र नं. ३ का नेता समिर झा, नेपाली काँग्रेस गाउँ सभापति रत्नेश्वर झा, तरुण दलका नेता सिता प्रसाद यादव, नेपाल निजामती कर्मचारी युनियन (संघ) केन्द्रीय संगठन विभाग सदस्य शिव नारायण यादव, प्रकाश चन्द्र झा, ने.वि.संघ म.वि.व. क्याम्पस राजविराजका नेता राकेश कुमार ठाकुर, महेश यादव, प्रहलाद सिंह, लक्ष्मण राम, अफोज खानले मन्तव्य दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ