News Category 2075/12/05
प्रथम प्रदेशस्तरिय आवधिक योजनाका लागि कार्यशाला गोष्ठी सम्पन्न, कृषि, उद्योग, सडक, बाणिज्य, पर्यटनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
दैनिक समाचारदाता
राजविराज, ५ चैत ।
प्रदेश २ को प्रथम आवधिक योजना तयार गर्नका लागि सप्तरी तथा सिरहाका जनप्रतिनिधिहरू सँग एक दिने आधारपत्र तर्जुमा कार्यशाला गोष्ठीको मंगलबार राजविराजमा सम्पन्न भएको छ ।
प्रदेश २ को आर्थिक मामिला तथा योेजना नीति आयोगको आयोजनमा तथा समुन्नती तथा युकेएडको सहयोगमा आधारपत्र कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
सो अवसरमा कृषि भुमी ब्यबस्था तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले आवधिक योजना तर्जुमाका लागि आधार पत्र तयार गरी पञ्चबर्षिय योजना बनाउने प्रदेश सरकारको नीति रहेको बताएका छन् ।

प्रदेश २ का प्राथमिकतामा रहेका कृषि, उद्योग, सडक, बाणिज्य तथा पर्यटकिय क्षेत्रमा देखिएका सम्भावना र अवसरका आधारमा योजना बनाईने उनले बताए ।
मन्त्री साहले सप्तरी र सिरहा सम्मलित गोष्ठीमा कृषि तथा आर्थिक क्षेत्र र पुर्वाधर, उद्योग बाणिज्य तथा पर्यटन समुहबाट आएका सुझावलाई आत्मसाथ गरि आवधिक योजना बनाउने प्रतिबद्धता समेत जनाए ।

गोष्ठीमा कृषि बिशेषज्ञ अनुपलाल साहले कृषि तथा आर्थिक क्षेत्र र पुर्वाधार समुहको प्रस्तुति गरेका थिए भने उद्योग बाणिज्य तथा पर्यटनको समूह तर्फबाट सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम गौतमले र पर्यटनमा शिक्षासेवी चक्रपाणी दाहालले समुहको तर्फवाट प्रस्तुती गरेका थिए ।
सो अवसरमा आधार पत्रको उद्देश्य वारे बोल्दै नीति आयोगका सदस्य डा. सुरेन्द्र झाले प्रदेश २ मा रहेका सम्भावित अवसरहरू पहिचान गरि त्यसको सदुपयोग गर्ने र त्यसका चुनौतीहरूको कसरी सामना गर्ने बारेमा छलफल गरि योजना तयार पार्ने जिकिर गरे ।
उक्त कार्यशालामा योजना निर्माण गर्दा कृषीमा आधारित उद्योगहरूले प्रदेश २ को ठूलो बिकास हुने बरिष्ठ पत्रकार अनिल कुमार अनलले बताउदै भने, “कागजको उद्योग, आप उद्योग, प्याज र टमाटरको जेल गल्फ देशमा माँग रहेकाले फार्मिंङ्ग गरेर उद्योगमा परिणत गर्ने सम्भावना रहेको छ ।”
योजना निमार्ण गर्दा परिणाममूखी साथै दण्ड सजायको ब्यबस्था गर्नुपर्ने कार्यक्रम संचालन गर्दा वा नीति निमार्ण गर्दा कार्यक्रममा स्पष्ट बनाउनुपर्ने रूपनी गाँउपालिका अध्यक्ष हरेराम यादबले सुझाव दिए ।
सो अवसरमा सहभागीहरूले कुनै पनि काम गराउन जाँदा सेवाग्राहिलाई कुन परिस्थितिले काम भएको नभएको बिषयमा स्पष्ट ध्यान जानकारी पाउनुपर्ने, प्रदेश न २ मा कृषि नै प्रमुख आधार भएकोले बीउ बिजन बिषयमा परिणाममूखी, प्राबिधिक जिम्मेवारी बमोजिम कार्य अगाडि बढाउनुपर्ने माँग गरेको स्थानिय युवा नेता किशोर कुमार यादबले बताए ।
यहाँका भु–भाग समतल रहेकोले समुन्द्र तथा बिदेशसँग सोझो सम्पर्क रहेकाले यहाँ उद्योग संचालन तथा प्रबिधिका लागि बिदेशीसँग सम्बन्ध बिस्तार गर्नु पर्नेका जोड दिइएको छ ।
नीति आयोगका सदस्य राजकुमार लेखीको अध्यक्षतामा आयोजित गोष्ठीमा सप्तरी र सिरहा स्थानियतहका प्रमुखहरू, बृद्विजिवी, प्राध्यापकहरूले सप्तरी र सिरहामा देखिएका सम्भावना वारेमा प्रस्तुती समेत गरेको थिए ।

सो अवसरमा युकेएडका अर्थबिज्ञ केशव आर्चाय, नीति आयोगका सदस्य राजकुमार लेखी, डा. सुरेन्द्र झा, राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादब, अग्निसाईर कृष्णासवरण गापा अध्यक्ष परशुराम चौधरी, राजबिराज नपाकी उपप्रमुख साधना झा, डा. पिताम्वर यादब, अमरकान्त झा, डा. रामखेलावन यादब, कृषीबिज्ञ देवनाथ यादब, संघिय समाजवादी पार्टीका जिल्ला अध्यक्ष दिनेश यादब, नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादव, बरिष्ठ पत्रकार अनिलकुमार अनल, राजपा युवा नेता किसोर कुमार यादबलगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ