News Category 2075/12/06

एसइई परिक्षामा सप्तरीबाट ९ हजार ९८ परीक्षार्थी सहभागी हुँदै 

दैनिक समाचारदाता

एसइई परिक्षामा सप्तरीबाट ९ हजार ९८ परीक्षार्थी सहभागी हुँदै 

दैनिक समाचारदाता
राजविराज, ६ चैत ।  
    २०७५ सालको माध्यमिक शिक्षा परिक्षा एसइईमा सप्तरीबाट कुल ९ हजार ९८ जना परीक्षार्थी सहभागि हुने भएका छन् ।
    चैत १० गते देखी हुने परिक्षामा सप्तरीका ७७ सामुदायिक, ४८ नीजि र १ खुल्ला गरि कुल १ सय ७३ र आंशिक ग्रेट बृद्वि तर्फ ३ सय २२ जना बिद्याथी परिक्षामा सहभागी हुनेछन ।
    सो बिद्यालय मध्ये ६ वटा प्राबिधिक बिद्यालयवाट १ सय ६७ र एउटा खुल्ला बिद्यालयवाट ३० जना बिद्यार्थी सहभागी हुने शिक्षा बिकास तथा समन्वय ईकाई परीक्षा शाखा प्रमुख बिरेन्द्र कुमार चौधरीले जानकारी दिएका छन् ।
    परिक्षा शाखा प्रमुख चौधरीले यस बर्ष ३३ वटा केन्द्र मार्फत परिक्षा संचालन गर्ने तथा परिक्षालाई मर्यादित र अनुशासित रूपमा सम्पन्न गर्नका लागि तैयारी अबस्थामा रहेको जानकारी दिँदै परिक्षालाई सकारात्मक रूपमा सम्पन्न गराउन सबै सँग आग्रह समेत गरे ।
    उक्त परिक्षामा ३३ जना केन्द्राध्यक्ष, तथा सहायक केन्द्राध्यक्ष, परीक्षा सहायक ७५ जना, ४३५ जना निरिक्षक र १ सय ६४ जनालाई कार्यालय सहायक तोकिएको छ ।
    गत बर्ष ८ हजार ५ सय १४ र आंशिक तर्फ १ हजार १३ गरि कुल ९ हजार ५ सय ९७ बिद्यार्थी माध्यमिक शिक्षा परिक्षामा सहभागी जनाएका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट