News Category 2075/12/08

चार वर्षिया बालिकालाई यौन दुव्र्यबहार गर्ने पक्राउ

दैनिक समाचारदाता

चार वर्षिया बालिकालाई यौन दुव्र्यबहार गर्ने पक्राउ

दैनिक समाचारदाता
राजविराज, ८ चैत । 
    सप्तरीको सप्तकोशी नगरपालिका १ बस्ने ३८ बर्षीय दिपक भुजेललाई सोही नगरपालिका २ की एक् चार बर्षीया बालिकालाई यौन दुर्व्यबहार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । 
    भुजेलले बालिकाको शरिरको संबेदनशिल अङ्गहरुमा जबरजस्ति चलाई घाईते बनाएको अभियोगमा प्रहरीले पक्राउ गरेको जनाएको छ । 
    प्रहरी चौकी फतेपुर, सप्तरीबाट खटिएको प्रहरी टोलिले निजलाई बिहीबार राती पक्राउ गरेको जनाएको छ । 
    यता घाईते बालिकाको स्थानिय फत्तेपुर पोलिक्लिनिकमा उपचार भई रहेको छ भने उनको अवस्था सामान्य रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस