News Category 2075/12/08
शिवको मुर्ति स्थापनाका लागि सांसद डा. यादवद्वारा २५ लाख आर्थिक सहयोग
दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा संचालित धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञमा सप्तरी क्षेत्र नं. १ का प्रतिनिधि सभा सांसद डा. सर्य नारायण यादवले २५ लाख ५ सय ५५ आर्थिक सहयोग गरेका छन ।
कञ्चनरुप नगरपालिका १२ श्रावणपुरमा चैत्र १ देखि चैत्र ९ सम्म पञ्चकन्या धार्मिक तथा सांस्कृतिक महोत्सव एवम् श्रीमद् भागवत धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञमा धातुको २५ फिट शिवको मुर्ति स्थापना गर्नका लागी सांसद यादवले उक्त रकम प्रदान गरेका हुन ।
आफ्नो गाउँठाउँको विकास आफैले गर्नुपर्छ’ भने भावनाका साथ संचालित विराट ज्ञान हाल सम्म नगद तथा जिन्सी गरी करिव ८० लाख बरावको रकम संकलन भएको महायज्ञ सञ्चालन, प्रशासन तथा परिचालन समितिका संयोजक दक्षनारायण श्रेष्ठले जनकारी दिए ।
सो धनधान्याचल विराट नवाह ज्ञान महायज्ञमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले एम्बुलेन्स दिने र एक आर्थिक वर्षभित्र भौतिक पूर्वाधार निर्माण गरी दिने प्रतिबद्धता व्यक्त गरे । यसैगरि महायज्ञमा वरिष्ठ समाजसेवी शेखर सिंहले ५ लाख प्रदान गरेका छन् ।
उक्त भागवत धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञको चैत १ गते राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ