News Category 2075/12/08
प्रशासन, प्रहरी प्रमुख लगायत चिकित्सकले कैदीबन्दीसँग मनाए होली
दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
हिन्दु धर्माबलम्वीको महत्वपूर्ण पर्वको रुपमा चिनिदै आएको फागु पुर्णिमा (होली) विहिबार यहा उल्लास पुर्वक मनाईएको छ ।
बजारमा युवाहरुको झुण्ड होरीया गीत गाउँदै एक आपसमा रंग अबिर दलेर नाच गान गर्दै मनाएका छन भने स्थानीय प्रशासन प्रमुख, सुरक्षा निकायका प्रमुख, जन प्रतिनिधि र चिकित्सक कारागारमा पुगेर कैदीबन्दी सँग होली मनाए ।
राजविराज कारागार पुगेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरिक्षक राजेन्द्र बिष्ट, शसस्त्र प्रहरी उपरिक्षक खेमराज थापा एसपी भवेश रिमाल राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव राजपाका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, डा. रंजित झा लगायतको टोलीले कैदी बन्दी सँग होली खेल्दै पर्व मनाएका हुन ।
उनीहरुले कैदी बन्दीलाई रंग अबिर लगाउनुका साथै चिसो पेय पदार्थ र मिठाई खुवाईदै होली पर्व मनाएका हुन । राजविराज कारागारमा २ सय भन्दा बढी कैदी बन्दी छन् । होली खेल्न जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख र चिकित्सक सहितको टोली पुगेपछि कैदिबन्दी निकै हर्षित देखिन्थे ।
उनीहरुले चिसो पेय पदार्थ र मिठाई खानुका साथै उच्चपदस्थ व्यतित्वहरुको हाथबाट रंग अबिर खेल्ने अवसर पाउँदा निकै खुशी व्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कारागारमा जिवन बिताई रहेका कैदीबन्दीहरुलाई खल्लो नहोस तथा कैद जिवन भुक्तान गरेर निस्केपछि फेरी पनि गलत बाटोमा नलागोस भन्ने संदेश दिन पनि होली मनाउन कारागार पुगेको बताए ।
प्रहरी उपरिक्षक राजेन्द्र विष्टले विभिन्न मुदामा कैद जिवन भोगीरहेका कैदीबन्दीको जिवनमा परिवर्तन ल्याउन पनि उनीहरुसँग होली खेल्न पुगेको प्रतिकृया दिए । समुदाय प्रहरी साझेदार कार्यक्रम अन्तर्गत कैदीबन्दीलाई अपराधीक मनोबिज्ञानबाट छुटकारा दिलाउन र कैद सजाय भुक्तान गरेपछि रचनात्मक कामले सामाजमा पुर्नस्थापित हुन मदत पुगोस भन्ने उदेश्य पनि कैदीबन्दी सँग होली खेल्न पुगेको उनको भनाई थियो ।
यसैबीच कारागारमा बन्दीजिवन बिताई रहेका कैदीबन्दी सँग होली पर्व मनाउन पुगेका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख सँगै टोलीमा सम्मिलित डा. रंजित झाले होरिया गित गाउँदै आफुपनि नाचेर कैदीबन्दीलाई पनि नचाएका छन् ।
कारागारमा रहेको प्लास्टिकको बाल्टिनलाई तबलाको स्वरुप दिएर बजाउँदै होरिया गिता गाएर उनी नाच्न थालेपछि निकै रमाएका कैदी बन्दी पनि उनी सँगै नाच्न थालेका थिए । स्थानिय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा कार्यरत डा.झा गायन क्षेत्रमा समेत ख्याती कमाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ