News Category 2075/12/10

आगलगीमा सात लाखको क्षति

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १० चैत । 
    राजविराज नगरपालिका वडा १४ मा आईतवार बिहान भएको आगलगीमा एकै परिवारको दुई घर जलेर नष्ट भएको छ । सो आगलागिमा सात लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
    जिल्ला प्रहरी कार्यालयका अनुसार राजविराज १४ निवासी सुरेन्द्र मण्डलको घरमा आगलगी हुँदा निजको दुई घरका साथै लत्ताकपडा, भाडा कुडा, फर्निचर, सुनचाँदीका गरगहना र नगद तीन लाख रुपैयाँ समेत जलेर नष्ट भएको छ ।
    सो आलगागि स्थानीयवासी, प्रहरी र सेनाको सहयोगमा एक घण्टाको प्रयासपछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगलगीको कारण भने खुल्न नसकेको र यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिकृया दिनुहोस