News Category 2075/12/10
महिनाबारी सम्बन्धी शिक्षिकाहरूलाई एक दिने गोष्ठी सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १० चैत ।
समुन्नती कार्यक्रम अन्तर्गत सप्तरीको सुरूङ्गा र खड्ग नगरपालिकामा स्वास्थ्य सम्बन्धी शिक्षिकाहरूलाई एक दिने गोष्ठीको आयोजना गरिएको छ ।
सबल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा आइतबार कल्याणपुरस्थित सबल नेपालको फिल्ड कार्यालयमा शिक्षिकाहरूलाई पुर्नताजगी महिनावारी ब्यबस्थापन तथा स्वच्छता प्रबद्र्धन सम्बन्धमा गोष्ठीको आयोजना गरिएको हो ।
बिद्यालयमा किशोरीहरूमा हुने महिनावारी लगायतका वालवालिकाहरूमा देखिने स्वास्थ सम्बन्धी आईपर्ने समस्या ब्यबस्थापन कसरी गर्ने वारेमा समेत छलफल गरिएको सबल नेपालका कार्यक्रम संयोजक नन्दकिशोर चौधरीले बताए ।
सो गोष्ठीमा समुन्नती कार्यक्रम भित्रका सुरूङ्गाका सम्पुर्ण र खड्गका सबै वडा स्थित रहेका बिद्यालयका स्वास्थ शिक्षा हेर्ने शिक्षिकाहरूको सहभागिता रहेको थियो ।
उक्त छलफलमा सबल नेपालका उपाध्यक्ष भुपेश कुमार साह, फिल्ड अधिकृत शिवशंकर यादब, हेल्थ सुपरफाईजर सपना यादब, समाजिक परिचालक देबेश चौधरी लगायतले गोष्ठीको सहजिकरण गरेका थिए ।
यस क्षेत्रमा सेभ द चिल्ड्रेन र सवल नेपाल, सुरूङ्गा र खड्ग नगरपालिकाको साझेदारीमा समुन्नती कार्यक्रम अन्तर्गत प्रारम्भिक वालबिकास तथा आधारभुत शिक्षा, बिद्यालय स्वास्थ तथा पोषण र किशोर किशोरी बिकास र जिविकोपार्जन सम्बन्धी कार्यक्रम गर्दै आएको सबल नेपालका निर्देशक दिपक झाले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ