News Category 2075/12/10
महिनाबारी सम्बन्धी शिक्षिकाहरूलाई एक दिने गोष्ठी सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १० चैत ।
समुन्नती कार्यक्रम अन्तर्गत सप्तरीको सुरूङ्गा र खड्ग नगरपालिकामा स्वास्थ्य सम्बन्धी शिक्षिकाहरूलाई एक दिने गोष्ठीको आयोजना गरिएको छ ।
सबल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा आइतबार कल्याणपुरस्थित सबल नेपालको फिल्ड कार्यालयमा शिक्षिकाहरूलाई पुर्नताजगी महिनावारी ब्यबस्थापन तथा स्वच्छता प्रबद्र्धन सम्बन्धमा गोष्ठीको आयोजना गरिएको हो ।
बिद्यालयमा किशोरीहरूमा हुने महिनावारी लगायतका वालवालिकाहरूमा देखिने स्वास्थ सम्बन्धी आईपर्ने समस्या ब्यबस्थापन कसरी गर्ने वारेमा समेत छलफल गरिएको सबल नेपालका कार्यक्रम संयोजक नन्दकिशोर चौधरीले बताए ।
सो गोष्ठीमा समुन्नती कार्यक्रम भित्रका सुरूङ्गाका सम्पुर्ण र खड्गका सबै वडा स्थित रहेका बिद्यालयका स्वास्थ शिक्षा हेर्ने शिक्षिकाहरूको सहभागिता रहेको थियो ।
उक्त छलफलमा सबल नेपालका उपाध्यक्ष भुपेश कुमार साह, फिल्ड अधिकृत शिवशंकर यादब, हेल्थ सुपरफाईजर सपना यादब, समाजिक परिचालक देबेश चौधरी लगायतले गोष्ठीको सहजिकरण गरेका थिए ।
यस क्षेत्रमा सेभ द चिल्ड्रेन र सवल नेपाल, सुरूङ्गा र खड्ग नगरपालिकाको साझेदारीमा समुन्नती कार्यक्रम अन्तर्गत प्रारम्भिक वालबिकास तथा आधारभुत शिक्षा, बिद्यालय स्वास्थ तथा पोषण र किशोर किशोरी बिकास र जिविकोपार्जन सम्बन्धी कार्यक्रम गर्दै आएको सबल नेपालका निर्देशक दिपक झाले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ